३३ किलो सुनकाण्डमा ६ प्रहरीसहित ६३ जनाबिरुद्ध मुद्दा दर्ता

+
-

विराटनगर- ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार एक पूर्वडिआइजी, ६ प्रहरीसहित हिरासतमा रहेका २९ जना र फरार ३४ जनाबिरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

पूर्वडिअाइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान बिष्णुबहादुर खड्कासहित ७ प्रहरी, हिरासतमा रहेका अन्य २२ सहित ६३ जना अभियुक्तबिरुद्ध जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको सरकारी वकिल कार्यालयले जनाएको हो। अदालतका श्रेस्तेदार नवराज दुलालले हिरासतमा रहेका सबै विरुद्ध अदालती प्रक्रिया सुरु भएको र बिहिबारबाट बयान लिने कार्य सुरु हुने जानकारी दिए।

दुलालका अनुसार २०७० साल यता ३७ लाख ९९ हजार  ५ सय  ५९ ग्राम ( करिब ३८ क्विन्टल) सुन तस्करी गरेको भन्दै  १७ अर्ब  १ करोड  ८१ लाख बिगो माग गरिएको छ।

घटनामा संलग्न रहेको आरोपमा हालसम्म बालकृष्ण श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपाल कुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बीर प्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महाविर प्रसाद गोल्यान (चाचाजी), राजन थापा, राजेन्द्रकुमार शाक्य, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार, मदनप्रसाद घिमिरे, पक्राउ परेका छन् ।

सरकारी वकिल कार्यालय र प्रहरीले छानबिन सकेपछि ६३ बिरुद्ध बुधबार मुद्दा दर्ता गरेको हो।

सुन र हत्या प्रकरणका मुख्य नाइके भनिएका उर्लाबारीका चुडामणि उप्रेति ‘गोरे’ फरार रहेका छन्। प्रहरीले उनी भारतमा लुकेको हुनसक्ने बताउँदै आएको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?