माइतीघरमा पत्रकारहरुद्वारा ‘प्रे फर काबुल’ (फोटो फिचर)

माइतीघरमा पत्रकारहरुद्वारा ‘प्रे फर काबुल’ (फोटो फिचर)
+
-

काठमाडौं- काबुलमा हलेत्या गरिएका पत्रकार तथा फोटो पत्रकारको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

नेपाल पत्रकार महासंघ र फोटो पत्रकार (पीजेक्लब)को संयुक्त आयोजना भएको कार्यक्रममा सहभागी पत्रकारले ‘प्रे फर काबुल’ लगायतका प्लेकार्ड प्रदर्शनसँगै दीप प्रज्वलन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मी हत्याका आतंककारी हमला निन्दनीय भएको बताए। आगामी भदौदेखि लागू हुने मुलुकी ऐनको नयाँ संहिताले नेपालमा पनि पत्रकारलाई कानुनी रुपमा अप्ठ्यारोमा पार्नसक्ने उनले बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार हत्याका घटना निन्दनीय भएको उल्लेख बताए। महासंघका सचिव रामप्रसाद दाहालले अफगानिस्तानमा भएको सञ्चारकर्मी हत्याको घटनाले कलम र क्यामेरा नभाँचिने बताए।

पीजे क्लबका अध्यक्ष विकास कार्की, पत्रकार महासंघका प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, वरिष्ठ फोटो पत्रकार विकास रौनियारले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

तीन दिनअघि अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा ११ पत्रकारसहित २६ जनाको ज्यान गएको थियो।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?