
जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने हुँदा प्रदेश २ मा सार्वजनिक विदा हुने भएको छ।
वैशाख २८ गते जनकपुर आउन लागेका मोदीको नागरिक अभिनन्दनका दिन प्रदेश २ मा सार्वजिक विदा दिने निर्णय गरिएको छ।
भारतबाट सिधै जनकपुर आउने प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका लागि प्रदेशका ८ वटै जिल्लाको प्रतिनिधिहरुको सहभागिता हुने भएकाले बिदा दिने निर्णय गरिएको प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवले देशसञ्चारलाई बताएका छन्।
तर, विदा दिने निर्णय भएपनि घोषणा हुन बाँकी रहेको उनको भनाइ छ।