पानीको सदुुपयोगमा विशेष योजना ल्याउँछु : मन्त्री पुन

पानीको सदुुपयोगमा विशेष योजना ल्याउँछु : मन्त्री पुन
+
-

काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि, उर्जा र जिविकोपार्जनमा परिवर्तन ल्याउने गरि पानीको बृहत र विषेश परियोजनामा ध्यान दिने बताएका छन्।

‘हाम्रो सरकारले कृषि, उर्जा र जिविकोपार्जनमा परिवर्तन ल्याउने गरि पानीको बृहत परियोजनामा ध्यान दिनेछ’ पुुनले भने, ‘हाम्रो मन्त्रालयले यस्ता परियोजनाको विकाशमा विषेश ध्यान दिनेछ, जसले आर्थिक विकाश र समृद्ध नेपाल बनाउन मद्दत गर्छ। ’

अन्तराष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी) को ८ औं एसियाली क्षेत्रीय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपालामा अहिले संक्रमणकालिन अवस्थामा परिवर्तन आएको भन्दै नयाँँ सरकार आर्थिक बृद्धितर्फ लागेको बताए। मन्त्री पुनले संविधानमा कृषिलाई विषेश स्थान दिइएको बताउँदै कृषिलाई व्यवसायिक बनाउन र कृषिजन्य उत्पादनको बृद्धि गर्न आवश्यक औंल्याए।

उनले यसको लागि संविधानले राज्यको तीनै तह, स्थानीय, संघ र प्रदेशमा सिंचाई र कृषिलाई विषेश कर्तव्य र अधिकार दिइएको र यसको कार्यन्वयन गर्नपर्ने बताए।

मन्त्री पुनले जलबायु परिवर्तनको सवालमा बोल्दै खाना, पानी, जमिन र उर्जा सबै क्षेत्रमा यसको सन्तुलनको आवश्यकता भएको बताए।
नेपाल जस्तो विकाशशील मुलुकमा कृषिले ठूलो हिस्सा ओगटेको तर उच्च प्रविधि, अत्यावश्यक प्रविधि, पानीको प्रयोगमा प्रविधिको कमी जस्ता समस्या नेपाली कृषकले भोगीरहेको उल्लेख गरे।

मन्त्री पुनले यो छलफलले विकाशशील मुलुकका साना कृषकहरुले सिंचाइबाट कसरी सुविधा पाउन सक्छन् भन्नेबारे केही ज्ञान दिने धारणा व्यक्त गरे।

उनले सिंचाइ क्षेत्रमा व्यापक सफलता पाउन सिंचाइ र पानीको स्रोतको परियोजनाको कार्यन्वयन र निजी र सार्वजनिक क्षेत्रमा व्यापक छलफल गर्नु आवश्यक भएको बताए।

उर्जामन्त्री पुनले यो सम्मेलनमा विभिन्न विचार, अवधारणा, चुनौती र समाधानको उपायबारे विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिबिच छलफल हुँदा निकै खुशी लागेको बताएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?