
जनकपुरधाम- नेपाल पत्रकार महासंघ प्रदेश नं. २ मा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानल विजय भएको छ ।
शनिवार भएको निर्वाचनमा प्रदेश २ मा संयुक्त प्यानलबाट अध्यक्षमा दिपेन्द्र चौहान ३ सय ४४ मत ल्याएर विजयी भएका छन् भने उनको निकटतम प्रतिद्धन्दी संयुक्त समावेशी मधेशी पत्रकार गठबन्धनका विरेन्द्र रमणले २ सय ४७ मत प्राप्त गरेर पराजित भएका छन्।
यस्तै उपाध्यक्ष पदमा संयुक्त प्यानलका केसी लामिछाने, महिला उपाध्यक्षमा रिंकुकुमारी मिश्र, महासचिवमा किरणकुमार कर्ण, खुल्ला सचिवमा गुरुप्रसाद गौतम, समावेशी सचिवमा रामानारायण विश्वास र कोषाध्यक्षमा प्रविन साह विजयी भएका हुन्।
यता, खुल्ला सदस्यहरुमा भोजराज भट्टराई, धिरेन्द्र राई, राजन सिंह, शैलेन्द्र झा, अजित सिंह विजयी भएका छन्। आदिवासी जनजाती सदस्यमा जितलाल श्रेष्ठ र जगत राई वियी भएका छन् भने समावेशी मधेशी सदस्यमा अजय कुमार साह र बैद्यनाथ चौधरी विजयी भएका हुन्।
प्रदेश २ मा प्रेस युनियन, प्रेसचौतारी र प्रेस सेन्टको संयुक्त प्यानल, संयुक्त समावेशी पत्रकार गठबन्धन र संघीय प्रेस फोरम भाग लिएको थियो। जसमा संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन्।