अन्तर सरकारी वित्त परिषद्को बैठक

सात प्रदेशको वित्त व्यवस्थापन गर्न अर्थमन्त्रीको नेतृत्वमा उच्चस्तरीय कार्यदल

सात प्रदेशको वित्त व्यवस्थापन गर्न अर्थमन्त्रीको नेतृत्वमा उच्चस्तरीय कार्यदल
+
-

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा सातै प्रदेशका अर्थमन्त्रीहरुको सोमबार बसेको अन्तर सरकारी वित्त परिषद्को बैठकले राजस्व व्यवस्थापन  र बाँडफाँटका विषयमा विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदल बनाउने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको बैठकमा स‌ंघको अर्थमन्त्रीको संयोजकत्वमा प्रदेश सरकारका अर्थमन्त्रीहरु सहभागी थिए। केही नगरपालिका र गाउँपालिकाका प्रमुख र पदाधिकारीहरु पनि बैठकमा सहभागी थिए।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्रीहरुले समानीकरण अनुदान दिने भनेर केन्द्र सरकारले तोकेको १३ अर्बदेखि १५ अर्बसम्मको सिलिङ कम हुने भन्दै आपत्ति जनाएका थिए। यसबारे संविधानमा व्यवस्था गरेअनुरुपको प्राकृतिक स्रोत तथा वित्त बाँडफाँट आयोगले छुट्ट्याउने रकममा सहमति जनाउने प्रदेशका अर्थमन्त्रीहरुले बैठकमा बताएका थिए।

राजस्व उठाउने विषयमा चाँडै स्पष्ट पार्नसमेत प्रदेश अर्थमन्त्रीको चासो बैठकका क्रममा व्यक्त भएको एक प्रदेश अर्थमन्त्रीले देशसञ्चारसँग बताए। प्रदेश अर्थमन्त्रीहरुले बैठकका क्रममा सशर्त र विशेष अनुदानको रकमबारे पनि स्पष्ट पार्न माग गरे।

बैठकको अध्यक्षता गरेका अर्थमन्त्री डा. खतिवडाले प्रदेश मन्त्रीहरुले उठाएका यी समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका थिए।

बैठकले स‌ंघका अर्थमन्त्रीको संयोजकत्वमा राजस्व व्यवस्थापन र बाँडफाँटका विषयमा विज्ञसहितको उच्चस्तरीय कार्यदल बनाउने निर्णय गरेको थियो। प्रदेशका अर्थमन्त्रीहरुले बहुवर्षीय ठेक्काको स्पष्टताका लागि पनि अर्थमन्त्री खतिवडासँग ताकेता गरेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’