स्वास्थ्यमा स्थानीय सरकारको लगानी

स्वास्थ्य चौकीमा अस्पताल सरहको सुविधा

स्वास्थ्य चौकीमा अस्पताल सरहको सुविधा
+
-

दाङ – गर्भावस्थामा बच्चाको अवस्था थाहा पाउन नसक्दा धेरै आमाहरुले समस्या भोग्नु पर्छ । विकट गाउँ तथा बस्तीका आमाहरुलाई झनै समस्या छ ।

सल्यकृया गरेर बच्चा निकाल्नु पर्ने अवस्थाका आमाहरु राजपुर स्वास्थ्य चौकीमा पुग्दा यसअघि उनीहरुलाई सल्लाह दिन मुश्किल पर्थ्यो ।

छामेर अथवा बच्चाको चाल सुनेर भन्नुपर्ने अवस्था थियो । तर, अहिले स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु भएपछि भने गर्भवती आमाहरुले सहज रुपमा सेवा पाउन थालेका छन् ।

राजपुर गाउँपालिकाले एमबिबिएस डाक्टर स्वास्थ्य चौकीमा राखेपछि अस्पताल सरहको सुविधा गाउँको स्वास्थ्य चौकीले प्रदान गर्न सफल भएको हो ।

‘लमही अस्पतालमा समेत छैन्, भिडियो एक्सरे सेवा । बच्चाको अवस्था पत्ता लगाउन पनि घोराही अथवा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर, अब हाम्रै गाउँमा यस्तो सेवा उपलब्ध भएपछि धेरै खुशी भएका छौं’ गुरुङ्गखोला निवासी तुलसीराम बुढाले भने ‘स्वास्थ्य चौकीमा सुरु भएको सेवाको वारेमा गाउँपालिका बासिन्दा सबैलाई जानकारी गराउनु पर्छ ।’

चैत २८ गतेदेखि राजपुर स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको हो । गाउँपालिकाले एमविविएस डाक्टरलाई स्वास्थ्यचौकीमा नियुक्त गरेको छ । डाक्टर विशाल बेल्वासेले बिरामीको स्वास्थ्य जाँच गर्दै आएका छन् ।

‘स्वास्थ्य चौकी भएपनि हामिले बिरामीलाई सकेसम्म अस्पताल सरहको सेवा सुविधा उपलब्ध गराउँदै आएका छौं’ उनले भने ‘२४ सै घण्टा सेवा राजपुर स्वास्थ्य चौकिमा छ ।

यहाँ सम्भव नभएका बिरामीलाई एम्बुलेन्समा अनेत्र समेत पठाउछौं ।’ राजपुर गाउँपालिकामा रहेको राजपुर स्वास्थ्य चौकी र बेला स्वास्थ्य चौकीमा प्रसुति सेवा उपलब्ध छ । गाउँपालिका बासिन्दालाई डाक्टरी सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीमा डाक्टर नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।

गाउँपालिकामा रहेको स्वास्थ्य शाखाले हेल्थ राजपुर मोडेल तयार गरेको छ । यो मोडेलमा १५ शैयासम्मको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखिएको शाखा प्रमुख कमलबहादुर रोकायले बताए ।

गाउँपालिका भित्र एक एमबिबिएस डाक्टरसहित १० जना अहेव, १२ जना अनमी कार्यरत छन् । स्वास्थ्य चौकीले अक्सिजन सेवा उपलब्ध गराउन माग गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?