धानको दुई जात विकसित

धानको दुई जात विकसित
+
-

काठमाडौँ-तराई क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ। नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो।

चैते र वर्षे दुवै समयमा लगाउन सकिने हर्दिनाथ-३ र चैते समयका लागि मात्र चैते–५ जातको उन्मोचन गरेको हो। नेपालको प्रमुख बालीअन्तर्गत धानको उत्पादनमा वृद्धि गर्न परिषद्ले सो बालीको नयाँ जातको बीउ उन्मोचन गरेको हो।

समग्र कृषि क्षेत्र (अन्‍नबाली, तरकारीबाली र पशुपक्षी) को अनुसन्धानमा सक्रिय परिषद्को २७औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतोले धानबालीलाई विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन वर्णशंकर (हाइब्रिड) धानका हर्दिनाथ– १ र हर्दिनाथ– १० नामक दुई जात उन्मोचनका क्रममा रहेको जानकारी दिए।

मकै बालीअन्तर्गत रामपुर– ८ र रामपुर– १० नामक जातका वर्णशंकर पञ्जीकरण गरिएको, तराई÷भित्री मधेश तथा बेसीका लागि रामपुर– ४, मनकामना– ७ तथा बढी प्रोटिन भएको पोषिलो मकै– २ उन्मोचन गरिएको उनले बताए।

यसैगरी मध्य र उच्च पहाडी भेगका लागि विभिन्न खाले सिन्दूरे रोग सहन सक्ने गहुँका मुनाल १ र च्याखुरा १ जातका बीउ उन्मोचन गरिएको तथा सुजी र पास्तासमेत बनाउन मिल्ने खजुरा ड्याम १ र खजुरा ड्याम २ जातका गहुँका नयाँ बीउसमेत सार्वजानिक गरिएको छ।

परिषद्ले जुनारको बोक्रोबाट केक तथा क्यान्डी बनाउने तथा अकबरे र जिरेलगायत अन्य खुर्सानीको स्वाद वर्षैभरि लिन सक्ने हट सस प्रविधिको समेत विकसित गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?