भिओआइपी कल गर्ने दुई पक्राउ

भिओआइपी कल गर्ने दुई पक्राउ
+
-

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका-९ विमानस्थल द्वार नजिकैको स्टार गेज होटल र कागेश्वरी मनहरा–७ शान्तिद्वीपस्थित भोलाराज गौतमको घरमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्दै गरेको अवस्थामा भारतीय नागरिक विवेक शुक्ला र सिन्धुलीका लालबहादुर मगरातीलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

प्रहरीले उनीहरुसँग ३२ पोर्टको भिओआइपी गेटवे एक थान, कालो १६ पोर्टको भिओआइपी गेटवे एक थान, निलो १६ पोर्टको भिओआइपी गेटवे एक थान, चार्जर एक थान, राउटर तीन थान, मोबाइल सेट चार थान र झोला दुई थान बरामद गरेको छ।

ब्यूरोले हालसम्म अवैध कल बाइपास गर्ने १५८ स्वदेशी तथा विदेशीलाई पक्राउ गरिसकेको र २२ हजार ७१३ थान सिमकार्ड बरामद गरेको छ । पक्राउ परेका दुईजनालाई दुरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

मोरङ- आफैलाई गोली हान्‍न लगाएका हिन्दु धर्मगुरु श्री निवासाचार्यविरुद्ध प्रहरीले हातहितयार खरखजाना मुद्दा चलाउने भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार उक्त मुद्धाका लागि १० दिनको समय थप गरेर प्रहरीले सुक्ष्म अनुसन्धान बढाएको जनाएको छ। गत चैत्र २५ गते विराटनगरको जतुवास्थित रमजानकी मन्दिर परिषरमा विहान २ बजे श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको थियो।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय मोरंगले आफ्नो अनुसन्धान जारी राखेको थियो। यसैबीच उक्त घटनामा जोडिएका माधव चौधरी र लक्ष्मीराज अधिकारी पक्राउ परेपछि, गुरुको योजना सार्वजनिक भएको हो।

मुलुकमा हिन्दु धर्म कायम गर्नका लागि श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्‍न योजना बनाएको स्वीकार गरिसकेका छन्। गुरु निकटस्थ एक अनुयायीका अनुसार सोमबार विहान भारतको राजधानी दिल्ली प्रस्थान गर्ने तयारीमा गुरु विमानस्थल पुगेका थिए। सोही क्रममा प्रहरीले उनलाई विमानस्थल परिषरबाट पक्राउ गरेको थियो।

त्यसपछि घटनाका विषयमा थप जानकारी बाहिर आएको थियो।उक्त गोली प्रहार काण्डमा गुरुकै योजना अनुरुप माधव चौधरीले गोली प्रहार गरेको बताइएको छ।

उक्त योजनाका लागि लक्ष्मीराज अधिकारीले भने, बन्दुकको चाजोपाचो मिलाएका थिए। यसैगरी पक्राउ परेका चौधरी र अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योगको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?