भेँडो मानसिकताका कारण सेयर बजारमा उतारचढाव : अर्थ मन्त्री डा. खतिवडा

भेँडो मानसिकताका कारण सेयर बजारमा उतारचढाव : अर्थ मन्त्री डा. खतिवडा
+
-

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले भेँडो मानसिकताले सेयरबजारमा उतारचढाव आउने बताएका छन् । ‘सेयरको मूल्य तोक्ने काम सरकारको होइन’, खतिवडाले भने, ‘जोखिम बहन गर्न सक्ने क्षमता अनुसार लगानी गर्नुहोस्, सरकार पुँजी बजारको विकास र बिस्तारका लागि प्रतिबद्ध छ ।’

‘देशभरि सेयर कारोबार गर्न सकिने वातावरण बनाउने हाम्रो योजना छ’, उनले भने, ‘धेरै नेपाली सेयरका मालिक हुन् भन्ने हाम्रो चाहाना छ । अब सेयर बजारमा बास्ताविक क्षेत्रका ठूला कम्पनी आउनु पर्छ, त्यसका लागि हामी निजी क्षेत्रका कम्पनीलाई उत्प्रेरित, सहज र बाध्य पनि पार्नेछौं ।’

१ करोड पुँजी भएका लघुवित्त विकास बैंक पुँजीबजारमा आउने तर अर्बौं नाफा कमाउने निजी क्षेत्रका कम्पनी पुँजी बजार नहुने अवस्था अब नरहने डा. खतिवडाले बताए ।

अर्थमन्त्रीले यस्तो भन्यो, त्यस्तो भने भनेर सेयर बजारलाई प्रभावित पार्ने समूह भएको भन्दै खतिवडाले जोखिम लिन सक्ने क्षमता अनुसार सेयरमा लगानि गर्न आग्रह गरे ।

‘तपाईंले कमाएको सरकारलाई दिनु पनि पर्दैन, तपाईलाई हुने घाटाको ग्यारेन्टी सरकारले गर्न सक्दैन’ उनले भने । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको प्रथम पुँजीबजार प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले लगानीका नयाँ विकल्प उपलब्ध गराउने सम्बन्धमा सरकारले काम गरिरहेको बताए ।

बुधबार भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनी बिहीबारसम्म चल्ने छ । प्रदर्शनीमा पुँजी बजारसँग सम्बन्धित सेयर ब्रोकर, मर्चेन्ट बैंकर, नेपाल स्टक एक्सचेञ्ज लगायतको सहभागिता रहेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’