अब नेपालगञ्‍जका नगरप्रहरी पनि ड्रेसमा

अब नेपालगञ्‍जका नगरप्रहरी पनि ड्रेसमा
+
-

नेपालगञ्‍ज-नेपालगञ्ज बजारमा अब नगर प्रहरीहरु ड्रेस लगाएर हिड्ने भएका छन्।उपमहानगरपालिकाले पाँच जना नगर प्रहरीलाई बिहीबार नयाँ ड्रेस उपलब्ध गराएको छ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीको जस्तै पोशाक नेपालगञ्ज नगर प्रहरीलाई उपलब्ध गराइएको हो। उपमहानगरपालिकाले नगर प्रहरीलाई गाडीसमेत उपलब्ध गराएको छ। अब नगर प्रहरीले पोशाक लगाएर गस्ती गर्नेछन्।

उपमहानगरपालिकाले गर्ने हरेक कार्यमा अगाडि लाइनमा नगर प्रहरीहरु रहने छन्।सडक अतिक्रमण, जथाभावी फोहोर फाल्नेलाई कारबाहीदेखि नगरपालिकाको नियम विपरित हुने गतिविधिलाई नगर प्रहरीले रोक्ने नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकृत शरद पौडेलले बताए।

नगर प्रमुख डा. धवल शमशेर राणाले नगर प्रहरीलाई पोशाकसँगै ब्याज लगाइदिए।निरीक्षण उपशाखाअन्तर्गतका तीन जना हवल्दार र दुई जना प्रहरी जवान छन्। उपशाखा प्रमुख तथा हवल्दार पवन कनोजिया, सुदाम सिंह, अनिरुद्र शर्मा र प्रहरी जवानहरु चन्द्रबहादुर राना र अजयकुमार यादवलाई सर्ट, पाइन्ट, छालाको बेल्ट, सिठी कडी, नेम प्लेट उपलब्ध गराइएको छ।

मेयर राणाले नगर प्रहरीलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए।उनले पोशाक अनिवार्य लगाउन निर्देशन दिए।सो अवसरमा उपप्रमुख उमा थापा, कार्यकारी अधिकृत हरि प्याकुरेल, वडा प्रहरी कार्यालयका निरीक्षक राजन गौतमलगायत उपस्थित थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?