
काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहानै मुक्तिनाथ दर्शका लागि मुस्ताङ तर्फ लागेका छन् । उनी पोखरा हुँदै जोमसोम भएर मुक्तिनाथ पुग्दै छन् ।
तर मुक्तिनाथ क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बेलुकादेखि नै जोमसोम क्षेत्रको मौसम बदली भएको मौसमविद सुवार रिमालले जानकारी दिए ।
कम भिजिबिलिटीमा उठान भर्न नसक्ने विमानका लागि बिहान अवतरणमा समस्या हुने देखिए पनि विशेष तथा सामान्य भन्दा भिजिबिलिटीमा पनि उडान तथा अवतरण गर्न सक्ने विमानका लागि भने समस्या हुने अवस्था नरहेको उनले बताए ।
शुक्रबार दिउँसोसम्म सामान्यजस्तै रहेको जोमसोमको मौसम बेलुकादेखि भने बदली भएको छ ।