
काठमाडौं – आइतबार उपत्यका लगायत पश्चिमी क्षेत्रमा साँझसम्म पानी पर्ने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावको वायुमण्डलको उच्च भागमा परेको र न्यून चापीय रेखाको विकास भएकोले दिनभर पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताए ।
न्युन चापीय रेखाको विकास पश्चिमबाट विकास भएको पूर्व तर्फ बढ्दै गएको छ । आइतबार पूर्वी पहाडी क्षेत्रमा पनि सामान्य वर्षा हुनेछ ।
यो वायु बलियो नभएकोले साँझमा वातावरण खुल्ने मौसमविद्ले बताए । जलवास्पयुक्त हावा पूर्वतीय जाँदै गरेकोले साँझ मौसम खुल्ने छ ।