बगरमा तरकारी लगाएर मासिक लाख रुपैयाँ आम्दानी

बगरमा तरकारी लगाएर मासिक लाख रुपैयाँ आम्दानी
+
-

तुलसीपुर- कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजारौं किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्‍न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका हुन्।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा सयौं किसानले व्यक्तिगत रुपमा र अन्यले २०० वटा समूह बनाएर अहिले बगरमा सामूहिक तरकारीखेती गरिरहेका छन्।

राप्ती नदी आसपासका एक नगरपालिका र दुई वटा गाउँपालिकामा रहेका दुई हजार किसानले बगरखेतीबाटै एक मौसममा एकजनाले रु ८० हजारदेखि रु चार लाखसम्म आम्दानी गर्न सफल भएको बगरमा तरकारीखेती गरिरहेकी लमही नगरपालिका बलरामपुरकी प्रमिला चौधरीले बताए।

उहाँका अनुसार नदीले कटान गरेर बगर बनाएको एक सय हेक्टरभन्दा बढी जमिनमा तरकारीखेती गरेर देउखुरीका विपन्‍न समुदायका किसानले यतिबेला राम्रो कमाइ गरिरहेका छन् ।विशेष गरेर पुसदेखि जेठ महिनासम्म तरकारीखेती हुने गरेको छ।

किसान नन्दु चौधरीले आठ वर्षअघि स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले उपलब्ध गराएको बीउ तथा मल र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा त्यहाँ किसानले बेमौसमी तरकारी भिन्डी, बोडी, लौका, फर्सी, करेला, परवर, गाजर, खरभुजाको व्यावसायिकखेती गरेको जानकारी दिए। उनका अनुसार अहिले एक दिनमै प्रतिकिसानले ७० देखि ८० किलोसम्म तरकारी बारीबाटै बिक्री गर्न गरेका छन्।

अहिले यहाँ उत्पादन भएको तरकारी जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही, लमही, भालुबाङ नारायणपुरलगायतका बजारका साथै बुटवल, नेपालगञ्जमा समेत पुग्ने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?