हिमालयन ट्राभल मार्ट आयोजना हुँदै

हिमालयन ट्राभल मार्ट आयोजना हुँदै
+
-

काठमाडौं- नेपाल पर्यटन बोर्डको आयोजनामा दोश्रो हिमालयन ट्राभल मार्ट (एचटिएम) आयोजना हुने भएको छ।

हिमाल चढ्न नेपाल आउनुपर्छ भन्‍ने सन्देश दिन मार्ट आयोजना गर्न लागिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले जानकारी दिए।

नेपालका पर्यटकीय संरचनाको प्रचारप्रसार गर्नु र व्यवसायिक अवसर सिर्जना गर्नु एचटिएमको उदेश्य भएको जोशीले बताए।

जुन १ देखि ३ सम्म आयोजना हुने एचटिएममा पर्यटन प्रवर्द्धन सँग सम्बन्धीत बिभिन्न बिषयमा अन्तर्किया कार्यक्रम पनि आयोजना हुनेछ।

पाटा नेपाल च्याप्टरले व्यवस्थापन गर्ने कार्यक्रम आयोजनामा ३ करोड ५० लाख रुपैयाँ खर्च हुने जानकारी दिइएको थियो।

सम्मेलनमा बिजनेस टु बिजनेस (बिटुबि)  सेसन, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर र पर्यटन क्षेत्रका अधिकारीको सहभागिता रहने पाटा नेपालका अध्यक्ष शुशील शाक्यले जानकारी दिए।

सम्मेलनमा २८ देशका ५६ ट्राभल ‘बायर’ र ६ देशका ५० सेलरको सहभागिता रहने छ।

कार्यक्रममा सहभागीहुने ४० अन्तर्राष्ट्रिय ब्लगरका लेखबाट नेपालका पर्यटकीय सम्पदाको प्रचारप्रसार हुने आयोजकको अपेक्षा छ।

शाहसिक पर्यटनका लागि नेपालमा उत्कृष्ट पर्यटकीय संरचना भए पनि प्रचारप्रसारको अभावमा पर्यटक सख्याँ बढ्न सकेको छैन, जोशीले भने, हिमालयन ट्राभल मार्ट जस्ता कार्यक्रमले पर्यटकीय संरचनाको प्रवर्धन गर्छ।

गत वर्ष पहिलो पटक आयोजना भएको सम्मेलनले नेपालको पर्यटनको राम्रो सन्देश गएकाले यसपटक पनि सम्मेलन आयोजना गरिएको जोशीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?