सिँचाइ अभावले चैतेधान खेतीमा ह्रास

सिँचाइ अभावले चैतेधान खेतीमा ह्रास
+
-

भीमदत्तनगर- सिँचाइ अभावका कारण कञ्चनपुरमा वर्षेनी चैतेधान खेतीतर्फ किसानको आकषण घट्दै गइरहेको छ ।

कुनै समय कञ्‍चनपुरका खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टर क्षेत्रफलमा चैतधान लगाइँदै आएको भए पनि हाल ९० हेक्टरमा मात्र लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकाल जानकारी दिए।

“विसं २०६८ मा ५६ हजार ६०२ हेक्टर खेतीयोग्य जमिनमध्ये ३२५ हेक्टरमा चैतेधान लगाएको तथ्याङ्क छ,” उनले भने, “सिँचाइको अभावले किसानले चैतेधान लगाउन छाड्न थालेका छन्।”

कञ्चनपुर चैतेधान खेतीका लागी उपयुक्त क्षेत्र भए पनि सिँचाइको अभावका कारण जिल्लामा धानखेती घट्दै गएको ढकाल बताउँछन्।

कैलालीको मालाखेतीसम्म गरी यहाँको ३३ हजार ५२० हेक्टर क्षेत्रफल सिञ्चित हुने योजनासहित महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत मूल नहर निर्माणाधीन अवस्थामा छ।

पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टरका लागि सिँचाइ सुविधा पुगे पनि चैतेधानका बेला भने किसानलाई पानीको अभाव रहँदै आएको छ।

आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारले चैतेधान उत्पादनलाई महत्व दिएपनि सिँचाइ अभावका कारण किसान त्यसतर्फ अग्रसर हुन छाडिसकेको भीमदत्तनगरपालिका–१६ का हंसराज जोशीले बताए।

“अघिल्लो बर्षसम्म गाउँमा करिब २५ प्रतिशत किसानले चैतेधान लगाउँथे।’ जोशीले भने-“समयमा पानी पाउन छाडेपछि किसानले धान लगाउन छाडे।’ बेर्ना राख्ने र रोप्ने समयमा नहरमा पानी नै हुँदैन। महाकाली नदीबाट आउने पानी सिँचाइका लागि निरन्तर नआउँदा समस्या भएको हो।

केही वर्षअघिसम्म चैतेधानले हरियाली देखिने फाँट अहिले गौचरनका लागि उपयोगी बनेका छन्। त्यसैगरी चैतेधान लगाउँदै आएकी वसन्तपुरकी कमला मल्लले पनि सिँचाइ समस्याकै कारण यस वर्ष चैतेधान लगाउन नपाएको दुखेसो पोखे।’जसोतसो धानको बेर्ना जोगाइयो, समयमै कुलोमा पानी नआएपछि बेर्नाको खेतमा पशु चराउनुपर्ने अवस्था आयो”, उनले भने।

चैतेधान लगाउन नपाएपछि आम्दानी घट्ने किसानलाई पिरलो छ। विगत छ वर्षदेखि पाँचदेखि आठ कट्ठा जमिनमा चैतेधान खेती गर्दै आएका बेतकोट नगरपालिका–९ सुन्दरपुरका देवसिंह भण्डारी आफ्नो गाउँका करीब २० प्रतिशत किसानले सिँचाइ अभावका कारण चैतेधान लगाउन छाडिसकेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?