दुवै खुट्टा नभएर के भो, सगरमाथा चुमेर फर्के उनी (फोटो फिचर)

दुवै खुट्टा नभएर के भो, सगरमाथा चुमेर फर्के उनी (फोटो फिचर)
+
-

काठमाडौं- झट्ट हेर्दा दुवै खुट्टा छैन। तर मुख उज्‍यालो, हँसिलो छ उनको। मानौ संसारै जितेर आएजस्तो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी भेट्टिँदा दुवै हात हल्लाइरहेका थिए, उनलाई भेट्न आउने आफन्त र फोटो खिच्‍न आउने पत्रकारहरुलाई।

हिउँले खाएको उनको गालामा घाउ र मुखमा मुस्कान प्रस्टैसँग देखिन्थ्यो। झट्ट हेर्दा शेर्पा जस्तो देखिए पनि उनी चिनियाँ नागरिक हुन्। उनको नाम हो एम्प्‍युटी सियाब्‍यूयो। उमेरले उनी ४० वर्ष पुगे।

शरीर अपाङग भए पनि मनमा अदम्‍य साहस र अठोट लिएर अघि बढ्‍ने गर्छन्। दुवै खुट्टा नभएका सियाब्‍यूयोले यही वैशाख महिनामा विश्‍वको सर्वोच्‍च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन्।

सगरमाथाको आरोहण गरिसकेर उनी बुधबार काठमाडौं फर्किएका छन्। काठमाडौं फर्किए लगत्‍तै उनी काठमाडौं लाजिम्पाटमा रहेको स्वेविक अस्पतालमा घाउको उपचार गराउन गए।

गालामा भएको घाउको उपचार गराइसकेपछि उनी हाल लाजिम्पाटकै रोयल सिंगी होटलमा आराम गरिरहेका छन्। उनको लक्ष्‍य अझै विश्‍वका अग्ला हिमालहरुको सफलता पूर्वक आरोहण गर्ने हो। उनी भन्छन्, ‘ जीवन संघर्ष हो। यसलाई तपाई यसरी बाँच्‍नुस जसले संसारलाई नयाँ काम गर्ने प्रेरणा मिलोस।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?