जेठको सक्रान्ति मंगलबार हुनाले ५ मंगलबार परेको छ । यो त्यति शुभ मानिन्न मंगल प्रभाव सेनामा आगोमा आँधीमा विषेश भूमिमा रहन्छ । भूक्षय जस्ता दैवीप्रकोपको साथै चोरी चकारी हत्या हिंसाको घटनाहरु बढ्नेछन ।
आगजनी, खडेरी बढ्ने सम्भावना बढी हुनेछ । सूर्य बाह्रौँमा वसेको र मंगल मैना प्रवेशमा आठौँ अनि राहु दोश्रो भावमा अनि केन्द्रमा शनी सफ्तम भावमा रहेकोले वैदेशिक क्षत्रलाइ प्रतिकूल पर्नेछ कूटनैतिक अवस्था कम्जोर हुनेछ । राजनीतिमा संकट आउने आपतकालिन रुपमा सैन्य शक्ति अघिबढ्ने सम्भावना रहन्छ ।

पं. अाेजराज उपाध्याय लाेहनी
एकादश स्थानमा बुध चन्द्रमा वसेकोले आर्थिक उन्नति राम्रो भएपनि दोश्रो राहुले धनको फजुल खर्च गराउने र आठौँ मंगलको प्रतिकूलता रोग बढ्ने समाजमा अराजकता बढ्ने दैवीप्रकोपमा धन क्षति हुने सम्भावना धेरै रहनेछ । लग्नमा शुक्र पन्चमेष बसेकोले महिला शक्ति बलियो भइ अघि बढ्नेछ पन्चमा बृहस्पति सफ्त मेष सफ्तममा भाग्यस शनीको बसाइले बौद्धिक वर्गहरु सङ्गठित हुनेछन् । राज्य कम्जोर हुँदा बौद्धिक वर्गले राजनैतिक पक्षलाई छोडेरै भए पनि देशको पक्षलिनेछन समग्रमा योमैना प्रतिकूलनै देखिन्छ ।
मेष
समग्रमा ग्रह गोचर राम्रो रहे पनि सूर्य प्रतिकूल भएकोले बोल्न विचार गर्नु पर्ला दाँत मुखमा पीडा हुनुकोसाथै धनमाल हराउन सक्छ । सजग रहनुहोला । विदेश यात्राको सुरसारमा हुनुहुन्छ । सजिलै सफल हुनुहोला व्यापारमा गरेका प्रयास हरु फलदाइ रहने छन् । प्रेम गर्ने अवसर मिल्ने चलेको प्रेमले वैवाहिक मार्गलाइ अँगाल्नेछ ।
सामाजिक काममा रुचिबढ्नेछ । सैन्य क्षत्रमा संलग्न हुनेहरुको लागि समय अनुकूलरहने छ नोकरीमा सफल मिल्नेछ धन मनग्य आर्जन हुने छ । पढाइमा सफलता मिल्नेछ । नयाँ कामको अवसर पनि मिल्नेछ । अरुको विस्वास आफूतिर रहनेछ ठूलाव्यक्तिले सहयोग गर्ने योग भएपनि मित्र तथा परिवारिक सहयोग मिल्ने सम्भावना न्युन रहनेछ ।
बृष
धैर्यतामा जोडदिए समयले मध्यम फलदिनेछ । स्वास्थको ख्याल मैना भरिनै गर्नुहोला । बोलीको प्रभावले मनोबल बढ्नेछ । आमदानीका श्रोतहरु चौतर्फि जुट्नेछन् । पराक्रमको गति तीव्र रहनेछ । काममा सफलता सजिलै मिल्नेछ । मित्रहरुले पूर्णरुपमा साथ दिनेछन । परिवारजनको साथ मिल्नेछ ।
घर तथा सावारी साधन जोढ्ने तरखरमा हुनु हुन्छ भने सजिलैहोला । पढाइमा प्रगतिको लक्षण देखिन्न । व्यापारमा वैदेशिक कार्यमा र प्रेममा उल्लेख्य सफलता मिल्नेछ । वैवाहिक कार्यले पनि उचित स्थान पाउनेछ । भाग्यले साथ दिनेछ सामाजिक कार्यमा सम्मान पाउने योगछ नोकरी तथा राजनीतिमा उतार चढाव आउनाले लक्षमा पुग्न असहज हुनेछ । ऋषको वेग बढ्ने भयकोले धैर्यता अपनाउँदा मात्र सफलता मिल्नेछ ।
मिथुन
स्वास्थमा समस्या ठूलै आउने भएकोले खर्च अलि बढिनै हुने देखियो । सचेत हुँदा राम्रो । बिबाद तिर नलाग्नुनै वेश । धनमाल हराउन सक्ने भयकोले धनको ढुकुटिमा कडा नजर लगाउनु राम्रो । जोस र जाँगर बढ्ने भएकोले प्रयास गर्दा काममा सफलता मिल्नेछ । नयाँ कामको अवसर पनि मिल्नेछ । मित्र तथा परिवारको सहयोग मिल्नेछ । नयाँ मित्रको आगमन पनि हुनेछ ।
भुलेका मित्रले पुनः याद गर्नेछन् । पढाइमा सोचेजस्तै सफलता पाउन सकिनेछ । शत्रु अलि सकृय हुने भयकोले सजग हुनु राम्रो । व्यापारमा गरेका प्रयासहरु राम्रै रहनेछन् । लेन देनमा भने अलि विचार पुर्याउन राम्रो भाग्य बलियोछ नोकरी तथा राजनीतिमा आफ्नु वर्चस्व बढाउन सजिलै सकिनेछ । मान्य जनको सद्भाव पनि राम्रै मिल्नेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ प्रेममा खट पट र पति पत्नीमा विबाद सिर्जना होला संयम हुनु होला ।
कर्कट
ग्रह गोचरले साथ दिनेछ । आँटेका काम धेरै पूरा हुनेछन् । मनमा प्रसन्नता बढ्नेछ आमदानीका श्रोत हरु चौतर्फि बढ्नेछन् । यात्रा गर्ने अवसर मिल्नेछ । वैवाहिक कार्यहरु अघि बढ्नेछन् प्रेममा सफलता मिल्नेछ । पराक्रमको गति तीव्र हुनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योगछ । मित्र तथा परिवारको पूर्णसहयोग नमिले पनि आफ्नै प्रयासले अघिबढ्न सकिनेछ ।
शत्रुलाई पराजय गर्दै अघिबढ्दा सफलताको मार्ग अझ बलियो बनाउनेछ । व्यपारमा सफलता सोचे जस्तै मिल्नेछ नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ । मित्र तथा परिवारको भरोसामा धोका हुनेछ । स्वास्थको ख्याल गर्नु पर्ला नगद कारोवारमा अघि नबढ्नु उचित हुनेछ ।
सिंह
समय राम्रो छ मान सम्मान पाउने योगछ । शत्रुसँग अलि सतर्क रहनु पर्ला । पढाइमा उल्लेखिय सफलता मिल्नेछ । यात्राका अवसर अरु मिल्नेछन । पहिलो भेटमानै प्रेमको प्रस्ताव अरु बाट आउनेछ । आँटेका काममा सफलता मिल्नेछ । आमदानीका अवसरहरु प्रसस्त मात्रामा मिल्नेछन् । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको बलियो सम्भावना छ ।
राज्यले कूटनैतिक नियुक्ति गर्ने बलियो सम्भावना छ । व्यापारमा सोचे भन्दा बढिलाभ मिल्नेछ । वैदेशिक कार्यमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । ठूला व्यक्तिले आफुमाथि भरोसा गर्नेछन् । नयाँकामको अवसर मिल्नेछ वैबाहिक कार्यमा अघिबढ्ने बलियो सम्भावनाछ । भाग्यको भरोसा नगर्नुहोला कर्ममा जोडदिनु राम्रो होला ।
कन्या
ग्रह गोचर मध्यम रहनेछ । स्वास्थ स्थिति कम्जोर भएपनि भाग्यले साथ दिने भएकोले आँटेको काममा सजिलै सफलता मिल्नेछ । शत्रु अलि बलिया भएकोले आफ्नो जित निस्चित पार्न काम गर्दा सजग हुनु पर्नेछ । मित्र तथा परिवार समेत आफ्नो वसमा नभएकोले विस्वासमा काम गर्ने अवस्थाछैन । नोकरिमा प्रतिस्पर्धा गर्नु परेपनि ठूलै सफलता हात पर्नेछ ।
कुरा काटने हरुलाई निस्तेज गर्दै अगाढि बढ्न सकिने भएकाले नयाँतरिका अपनाउनु पर्नेछ । व्यापारमा प्रसस्थ सफलता हात पर्नेछ । वैदेशिक कार्यमा धेरै ठूला अवसर हरु आउनेछन् लेन देनमा विबबादको सामना गर्नु पर्नेछ । पढाइमा भने राम्रै सफलता हाशिल गर्न सकिनेछ । पुराना कुरा कोट्यायर अप्ठ्यारो पार्ने काम गर्न सक्ने भयकोले महिना भरिनै सचेत हुनु पर्ला ।
तुला
ग्रह गोचर त्यति अनुकूल देखिन्न । समस्याहरु प्रसस्तै आउनेछन् । मनमा दुविधाले दरिलो डेरा जमाएकोछ । कुरा काट्ने हरु निकै सकृय देखिन्छन । धन नास हुनुको साथै दाँत मुख्मा पिढा पनि बढ्नेछ । कामको फुर्सद मिल्नेछैन अरुको काम धेरै गर्न पर्नेछ । घरेलु समस्याले प्रसस्त मात्रामा सताउनेछ मित्र तथा परिवारले पनि अनावस्यक पिरोल्नेछन् ।
पढाइमा अनुकूल वातावरण बन्नेछ । व्यापारमा गरेका प्रयास भने सकारात्मक रहनेछन् । यात्रा केही शुलभ रहला प्रेममा सकारात्मक अवस्था देखिन्छ । लेन देनमा अघि नबढ्नुनै उचित होला नोकरी तथा राजनीतिमा गरेका प्रयासले उच्च स्थान पाउन सक्नेछैन । महिना भरिनै सचेत रहनु राम्रो ।
बृश्चिक
संयम भएमा परिश्रमी र सैन्य वर्गको लागि समय अनुकूल रहेपनि ठूला ठूला चुनौतिको सामना गर्नु पर्नेछ । कामको विचमा अवरोध सिर्जना गर्नेहरु निकै सकृय देखिन्छन् । आत्मवल पनि कमजोर बन्नेछ । हाड जोर्निको समस्याले पनि सताउनेछ । कुरा काट्नेहरु सकृय हुनेछन् । आर्थिक कारोवारमा प्रसस्थ अप्ठ्यारा हरु आउनेछन् ।
धातुरोगले पनि सताउनेछ उच्च रक्त श्रावको पनि सम्भावनाछ । आफन्त हरुले सम्वेदन सिल समयमा धोकादिनेछन । मंगल अनुकूल हुने हुदा समयले साथ दिनेछ परिवार बाट सहयोग मिल्ने पढाइमा सफलता मिल्ने नोकरी तथा राजनीतिमा वैदेशिक कार्यमा अनि व्यापारमा आफ्नो बर्चस्व बढाउन सकिने भएकोले महत्व पूर्ण काम आफ्नै उच्च मनोवलका साथ गर्नु उचित हुनेछ ।
धनु
समय राम्रो भए पनि शनी साढेसाति र दुतिय मंगलको प्रतिकूल प्रभाव पर्ने हुदा संयम हुनु जरुरीछ । आफन्त र परिवारलाई समेत यथार्थ खोलेमा गरेका काममा सफलता मिल्नेछैन । अरुको विश्वास सजिलै जित्न सकिनेछैन । मित्रहरुको सहयोग नमिले पनि आफ्नै प्रयासले भने महत्वपूर्ण काम धेरै गर्न सकिनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने थता नयाँ काम पाउने योगछ । बोलिको प्रभाव नपर्ने भएकोले ठूला व्यक्तिलाइ आकर्षण गर्न कम वोल्नु पर्ला ।
पढाइमा सफलता मिल्नेछ व्यापारमा लाभ राम्रै मिल्नेछ । भाग्यले साथ दिनेछ नोकरी तथा राजनीतिमा सोचेजस्तै सफलता मिल्नेछ प्रेम गर्ने अवसर पनि मिल्नेछ । वैवाहिक बन्धनमा बाँधिने योग पनि छ । आठौ राहुले स्वास्थमा समस्या आउनुको साथै मनमा चिन्ता बढाउने र आर्थिक कठिनाइ सिर्जना गर्ने योग भएकोले नगद कारोवारमा विचार गर्नुपर्ला ।
मकर
ग्रह गोचर त्यति राम्रो देखिन्न रासिको मंगल तथा वाह्रौको शनिको प्रतिकूल प्रभावले स्वास्थमा बाधा पुर्याउन सक्ने भएकोले ख्याल गर्नुपर्ला शत्रुसँग सतर्क हुँदै अघि बढेमा आर्थिक लाभका अवसर हरु प्रसस्त मात्रामा मिल्नेछन् । आँटेका काममा पनि सफलता मिल्नेछ बोलिको प्रभाव राम्रो नभएकोले थोरै बोल्ने प्रयास गर्नु वेश । घरेलु काममा रुचि बढ्ने र मित्रहरुले सहयोग गर्ने योग भएकोले महत्व पूर्ण कामहात पर्ला । कुरा काट्ने हरु देखि सजग रहनु होला ।
पढाइमा धेरै कठिनाइको सामना गर्नु पर्नेछ नोकरी तथा राजनीतिमा सफलता हात पर्नेछैन । व्यापारमा उन्नतिको अवसर मिल्नेछैन वैदेशिक कार्यमा ठूलै झण्झट आउने सुल्झाउन नसकिने । प्रेममा पनि सन्तोष मिल्नेछैन वैबाहिक प्रकृया अवरोध आउने सम्भावनाछ । कून नैतिक कार्यमा आफ्नो दक्षता दर्शाउदा पनि सफलता मिल्नेछैन । सवैक्षत्रमा ठूलो चुनौति सामना गर्नु पर्नेछ ।
कुम्भ
समय राम्रोछ बोलिको प्रभाव राम्रो रहनेछ तपाइको सत्यताले अरुको विश्वास जित्न सजिलै सक्नेछ । जोसर प्रसस्त मात्रामा बढ्नेछ बौद्धिक तिव्रताले सजिलै आँटेको काम पूरा गर्न सकिनेछ । लगन सिलता र इमान्दारीताको अरुले खुलेर प्रसम्सा गर्नेछन । घरेलु समस्याले सताउने र मित्रहरुको गुनासो बढ्ने हुनाले घर वाहिर आफन्त हरु बाट टाढा रहेर काम गर्नु उचित हुनेछ ।
सन्तान नहुनेको लागि सन्तान प्राप्तिको समय पनि हो । व्यापारको मार्ग अलि खर्चिलो रहनेछ प्रेमा खटपट पति पत्नीमा विबाद यात्रामा कठिनाइ आउन सक्ने हुँदा संयम रहनु होला । नोकरीमा गरेका प्रयास सकारात्मक रहनेछन राजनीतिमा उतार चडापको सामना गर्नु परेपनि अन्ततः सफलता प्राप्त हुनेछ ।
मीन
समय समग्रमा राम्रोरहेपनि स्वास्थ स्थिति अलिकम्जोर रहनेछ संयम हुनुपर्ला । पराक्रम तीव्र गतिमा अघिबढ्नेछ सानै प्रयासले पनि ठूलाकामहरु अघि बढ्नेछन् । बोलिको सत्यता अरुले स्वीकार गर्नेछन । नयाँकामको अवसर पनि मिल्नेछ । आफन्तहरुको सहयोग भन्दा बढि नै पाउने योगछ । मित्रहरुको सहयोगले मनलाई हर्षित बनाउन सक्छ ।
पढाइमा लाभ मिल्ने भए पनि खर्चभने अलि बढि नै हुनेछ व्यापारमा ठूलै फड्को मार्न सकिनेछ । बौद्धिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । वैदेशिक कार्यमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । प्रेमको प्रस्ताव अरुवाटै आउनेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावनाछ । सवारी चढ्दा चलाउँदा र आर्थिक कारोवार गर्दा संयम हुनु उचित होला ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































