
काठमाडौंँ – बिहानै पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा गाडी चल्न थालेका छन् ।
सडक खण्डमा पर्ने इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आइतबार बिहान साढे ५ बजेतिर गएको पहिरोका कारण बाटो अवरुद्ध भएको थियो ।
झण्डै दुई घण्टापछि पहिरो हटाएर बाटो दुई तर्फी नै खुलाइएको मुग्लिन–नारायणगढ सडक आयोजनाका सिनियर डिभिजन इन्जिनियर गोविन्द खनालले जानकारी दिएका छन् ।
अहिले गाडी चल्न थाले पनि चाप भने धेरै रहेको छ । निर्माणाधीन यो सडक खण्डमा सानो पानी पर्दा पनि पहिरो जाने गरेको छ ।