
काठमाडौं– काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा आसपासमा रहेको भौतिक संरचना हटाएको छ। शनिबार डोजर तथा सुरक्षाकर्मीको प्रयोग गरी महानगरले धरहरा क्षेत्रभित्र रहेका सबै रेष्टुरेण्ट, टहरा हटाएको हो।
२०७२ साल वैशाख १२ गतेको भूकम्पसँगै धरहरा सञ्चालनका लागि साइड वार्कस ट्रेडर्स प्रालिसँग भएको सम्झौता खारेज भइसकेको जनाउ दिँदै महानगरले शुक्रबार २४ घण्टाभित्र धरहराको क्षेत्र खालि गर्न अल्टिमेटम दिएको थियो।