धानखेतीका लागि मौसम प्रतिकूल बन्‍दै

धानखेतीका लागि मौसम प्रतिकूल बन्‍दै
+
-

ललितपुर-सुनाकोठीका हरी महर्जनलाई गत चैतदेखि अर्थात् वर्षा पहिले नै पानी परिरहेकाले कतै असारमा सुक्खा भएर धान रोप्न नपाइने हो कि भन्ने चिन्ता छ।

पहिले पहिले वैशाख– जेठमा गर्मी र असार लागेपछि वर्षा सुरु हुन्थ्यो । अहिले कुन महिनामा कस्तो मौसम हुन्छ भन्‍ने टुङ्गो छैन । त्यसैले असारमा पानी नै नपरेर सुक्खा हुँदा रोपाइँ गर्न नपाइने हो कि भन्ने महर्जन चिन्ता गर्छन्।

उनी भन्छन् , “कुनै वर्ष असारभर सुक्खा हुन्छ, कुनै वर्ष परे पनि छिटफुट पर्छ, कहिले त धान काट्ने बेलामा झरी पर्छ।” मौसम प्रतिकूल हुँदा उनी हैरान हुन्छन्।

असारलाई माना रोपेर मुरी फलाउने महिना भन्‍ने नेपाली कथन छ। कामको चटारोले किसानलाई छोप्छ। तैपनि पर्याप्त पानी परेर बेलामा धान लगाउन पाउँदा किसान दङ्ग पर्छन् । उनी भन्छन्, “पानी नपरेर फुर्सदिलो बन्‍नुभन्दा असारको पहिलो हप्ता रोपिसक्न पाए आनन्द हुन्थ्यो।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली जलवायु परिवर्तनका कारण धानबालीमा प्रत्यक्ष असर परेको बताउँछन्। केही वर्षयता धानका लागि पानी नचाहिने महिनामा पर्ने र चाहिँदा पानी नपर्दा किसान हैरान छन् । समयमा रोप्न र समयमा बाली काट्न किसानले पाएका छैनन्।

पराजुली भन्छन्, ‘बीउ राख्नेदेखि रोप्ने तथा काट्ने बेलासम्म समयमै गर्दा राम्रो उत्पादन लिन सकिन्छ।’ नेपालका धेरै किसान आकाशे पानीका भरमा धानखेती गर्छन्। केही वर्षदेखि असारमा पानी नपरेर वैशाख महिनामा पर्न थालेको छ। वर्षा सकिएपछिको समय मानिने असोजमा समेत मुसलधारे पानी पर्ने गरेको छ ।

उनी भन्छन्, ‘केही वर्षदेखि धान रोप्दादेखि काट्ने समयसम्म नै धानखेतीका लागि मौसम प्रतिकूल बन्‍न लागेको छ ।”

धानमा फूल फुलेर बाला लाग्नका लागि तापक्रम केही बढ्नुपर्छ। समयमा पानी नपरेर ढिलो रोपाइँ गर्दा धानमा बाला लाग्न ढिला हुन्छ । असोजमा बाला लाग्न थाल्दा तापक्रम बढिसक्छ । उनी भन्छन्, ‘समयमा रोप्दामात्रै सबै कुरा मिल्दो हुन्छ।”

मौसम प्रतिकूल हुँदा रोग र किराले आक्रमण गर्ने प्राविधिक पराजुली बताउँछन्। धानका लागि प्रतिकूल मौसम किरा र रोगका लागि अनुकूल हुँदा रोग र किरा फैलन सक्छ। उनी भन्छन्, ‘बोट स्वस्थ हुँदामात्रै त्यसले राम्रो उत्पादन दिन्छ ।” धानमा लाग्ने मरुवालगायतका कतिपय रोगले शुरुमा एउटा भाग हुँदै सिङ्गो बोटलाई सुकाएर लैजान्छ ।

नेपालका कतिपय धानका परम्परागत जातमा जलवायुसँग लडेर उत्पादन दिने क्षमताको भएको पराजुली बताउँछन्। हाइब्रिड र उन्नत जातप्रतिको झुकावका कारण विस्तारै स्थानीय जात हराउँदैछन् । “कतिपय बीउ देशभरका सही नभए पनि जुन ठाउँमा पुस्तौँदेखि लगाउँदै आइएको हो, त्यहाँका लागि राम्रो हुने थियो,” उनले भन्नुभयो । ग्रामीण क्षेत्रसम्म स्थानीय जातको धान किसानले लगाउन छाडिसकेका छन् ।

धरै किसानको रोजाइमा हाइब्रिड धानको बीउ पर्छ । हाइब्रिड बीउ यहाँको मौसम अनुकूल नहुन सक्ने उनी बताउँछन्।उनले भने, “एक वर्ष राम्रो भएकै जातको बीउ अर्काे वर्ष किनेर लगाउँदा राम्रो नभएको किसानले बताएका छन्।”

केही वर्षदेखि वातावरण सुहाउँदो बीउ विकास गर्नमा नै लागिएको नार्कले जनाएको छ । सुक्खा मौसममा समेत प्रसस्त उत्पादन दिन सक्ने धानको बीउ विकास गर्न अध्ययन भइरहेको छ । सकेसम्म बीउ छनोट गर्दा नै सुक्खा मौसम सहन सक्ने बीउ बुझेरमात्रै लगाउन उनी किसानलाई सल्लाह दिन्छन्।

नार्कअन्तर्गत जनकपुरको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले तराईका लागि त्यही अनुसन्धान गरेर धानको बीउ सिफारिस गरिरहेको छ । पहाडका लागि महाशाखाअन्तर्गको धान शाखाले यसमा काम गरिरहेको छ । दुवै कार्यालयले बदलिँदो मौसममा अनुकूलसँगै रोग प्रतिरोधी क्षमता बढी भएको र उत्पादन बढी दिनसक्ने बीउ सिफारिस गर्दै आएका छन् ।

धान नेपालको मुख्य बाली हो। नेपालीले सबैभन्दा बढी खाने अन्‍न पनि चामल हो । त्यसैले पनि धान रोप्ने महिनालाई किसानले उत्सवका रुपमा लिन्छन् । असारको १५ गते हिलो छ्यापेर मनाउने र दही चिउरा खाने चलन छ।

साउन १५ गते खिर खाने चलन छ । नेपाली समाजमा धानखेती जीवनशैली र संस्कृतिसँग जोडिएको छ। नेपालको तराईदेखि पहाडी क्षेत्रसम्म धान लगाइँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?