विज्ञानमा महिला पुरस्कारका लागि विजेता घोषणा

+
-

काठमाडौँ-नेपाल एष्ट्रोनोमिकल सोसाइटी ‘नासो’ले स्थापना गरेको विज्ञानमा महिला पुरस्कारका लागि यस वर्षका विजेता घोषणा गरिएको छ ।

नासो विज्ञानमा महिला पुरस्कार-२०१८ को व्यावसायिक विधातर्फ नेपाल विद्युत् प्राधिकरणमा कम्प्युटर इन्जिनियर पदमा कार्यरत प्रोमिशा मिश्रलाई दिइनेछ । यसैगरी विद्यार्थीतर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययनरत सुश्री श्रीति श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

पुरस्कार जेठ १६ गते बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने विशेष कार्यक्रममा अन्तरीक्षयात्री डा सान्द्रा म्यागनसले वितरण गरे।

पुरस्कारस्वरुप इन्जिनियर मिश्रलाई नगद रु २५ हजार, प्रमाणपत्र तथा अवार्ड प्रदान गरिनेछ। सुश्री श्रेष्ठलाई नगद रु १५ हजार, प्रमाणपत्र तथा अवार्ड प्राप्त गर्ने नासोले जनाएको छ।

पुरस्कारको राशि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा नासोका संरक्षक इन्जिनियर ऋषि शाहले स्थापना गरेको हो। यसैगरी अवार्ड नासोकी सञ्चालक समिति सदस्य इन्जिनियर मनिषा द्वाले स्थापना गरे। गत वर्षदेखि प्रदान गरिएको यो पुरस्कारका लागि यस वर्ष ४० आवेदन परेको नासोले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?