काठमाडौं- आगामी आर्थिक वर्षमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ अर्ब रुपैयाँ बराबरको बजेट माग गरेको छ।
अर्थ मन्त्रालयले २३ अर्ब रुपैयाँको सिलिङ दिए पनि पर्यटन मन्त्रालयले २ अर्ब भन्दा बढिका नयाँ योजना प्रस्ताव गरेको हो।
मन्त्रालयले आगामी ५ वर्ष भित्र सातै प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने योजना बनाएको छ।
प्रदेश १ को विराटनगर विमानस्थल, प्रदेश ५ को नेपालगञ्ज विमानस्थल र प्रदेश ७ धनगढी विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न मन्त्रालयले बजेट माग गरेको छ।
यस्तै प्रदेश २ को निजगढ विमानस्थललाई उच्च प्राथमिकता साथ निर्माण गर्ने प्रदेश ४ को पोखरा विमानस्थल र प्रदेश ५ को भैरहवा विमानस्थललाई निर्धारित समयमै सम्पन्न गर्ने पर्यटन मन्त्रालयको योजना छ।
प्रदेश ६ मा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सरुवात गर्न पर्यटन मन्त्रालयले बजेट माग गरेको छ। स्रोतका अनुसार सातै प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम बजेटमा समाबेस हुनेछ।
पर्यटन मन्त्रालय अन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास र लुम्विनी क्षेत्र विकास राष्ट्रिय गौरबका आयोजना रहेका छन्।
राष्ट्रिय गौरबका आयोजना सरकारको उच्च प्रथमिकतामा रहेकाले राष्ट्रिय गौरबका आयोजनामा मन्त्रालयले माग गरे बमोजीम बजेट पाउने अर्थ स्रोतले जनाएको छ।
सय पर्यटकिय गन्तव्य बनाउने
बिगतमा साना तिना मठ मन्दिर निर्माणमा बजेट विनियोजन गर्ने पर्यटन मन्त्रालयले आगामी वर्ष १ सय पर्यटकिय गन्तव्यमा लगानी गर्ने योजना बनाएको छ।
मन्त्रालय स्रोतले भन्यो, अब साना आयोजना स्थानिय र प्रदेश सरकारले गर्न सक्छन् हाम्रो चाहना भनेको ठुला र पर्यटन प्रबर्धनमा टेवा पुर्याउने गन्तब्य विकास गर्ने हो।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































