मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयक पारित

+
-

हेटौँडा-प्रदेश नं ३ को प्रदेशसभा बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयक आज पारित गरेको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सो प्रस्ताव प्रस्तुत गरेका थिए। प्रदेशसभाका सदस्य विराजभक्त श्रेष्ठ, दीपक निरौला, छिरिङदोर्जे लामा, रिना गुरुङ र रिता माझीले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रदेश सरकारले आफ्नो काम, कर्तव्य पूरा गर्ने क्रममा न्यायिक रुपमा सल्लाह दिन र प्रदेश सरकारप्रति मुख्यन्यायाधिवक्ता जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिए।

प्रदेशसभाका सदस्यले राख्नुभएको जिज्ञासाको जवाफमा दिँदै मन्त्री जम्मकट्टेलले प्रदेश सरकारले संविधान, ऐन कानुनको मातहतमा रहीआफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा न्यायिक सरसल्लाह, विचार विमर्श र सर्वोच्च अदालत तथा उच्चअदालतमा सरकारको तर्फबाट बहस पैरवी गर्न मुख्यन्यायाधिवक्ताको आवश्यकता भएकाले छुट्टै विधेयक ल्याइएको बताए।

विशेष समयमा धारणा राख्दै प्रदेशसभा सदस्यले भूकम्पपीडितलाई यथाशीघ्र आवास निर्माणका लागि आवश्यक अनुदान रकम दिन तथा जग्गा धनीपूर्जा नभएका सर्वसाधारणलाई वैकल्पिक उपायको खोजी गरी घर बनाउने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गराए।

विशेष समयमा प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, रामकाजी महर्जन, प्रभात तामाङ, शोभा शाक्य, सिर्जना सैँजु, चन्द्रबहादुर लामा, लालकुमारी गुरुङ, रजनी अमात्य, चेतनाथ संजेल, हीरामान खतिवडा, सन्तबहादुर प्रजा, मीनाकुमारी नेपाल, लक्ष्मण लम्साल, सरस्वती बस्नेत, विनोद खड्का र सरस्वती बाटीले धारणा राखेका थिए। प्रदेशसभाको अर्को बैठक यही जेठ १७ गते अपराह्न ४:१५ मा बस्‍नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?