दाङ : कोलिफर्म झाडापखालाको कारण

+
-

तुलसीपुर – पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका – ३ र ४ मा महामारीका रुपमा गएको शनिबारदेखि झाडापखाला फैलिनाको मुख्य कारण मुहान दूषित हुनु भएको पुष्टि भएको छ ।

सो मुहानको पानीमा कोलिफर्म भन्ने जीवाणु परीक्षणका क्रममा भेटिएको छ । दिसापिसाबमा पाइने सो जीवाणु मुहानमा भेटिएपछि मुहान असुरक्षित रहेको पुष्टि भएको छ ।

यसैबिच सोमबार बिहान ९ बजेपछि ३१४ झाडापखालाका बिरामी चिराघाट स्वास्थ्य केन्द्रमा उपचारका लागि पुनः आएका छन् । यहाँ झाडापखालाबाट प्रभावित हुने एक हजार ४४१ जना छन् ।

सोमबार आएका बिरामीमध्ये दुई जनालाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पठाइएको छ भने १० जना बिरामीको चिराघाटमा उपचार भइरहेको छ । अन्य बिरामी उपचारपछि घर फर्केका छन् । झाडापखाला नियन्त्रणका लागि व्यापक सचेतना अपनाइएको छ ।

मुहानको पानी पूर्णरुपमा बन्द गरिएको छ । प्रभावितलाई तुलसीपुरबाट ट्याङ्करमा पानी लगेर वितरण गरिएको छ । अहिले पनि प्रभावित क्षेत्रमा नेपाली सेना र चिकित्सक टोली औषधिसहित राखिएका छन् ।

सोमबार तुलसीपुर अञ्चल अस्पतालमा यसअघिका १० र सोमबारका दुई बिरामीको उपचार भइरहेको छ । सिटी अस्पताल तुलसीपुरमा पनि १० बिरामी उपचाररत छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?