
काठमाडौँ– कर्तव्य ज्यान मुद्दामा आजीवन जेल सजाय पाएर पनि रिहा भएका छन् बालकृष्ण ढुंगेल । ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा मंगलबार सरकारले असल चालचलन अन्तर्गत रिहा गरेको हो।
अदालतमा रिहा विरुद्धको मुद्दा सुनुवाइ भइरहेका बेला नै सरकारले ढुंगेललाई रिहा गरेको हो। ढुंगेल रिहा भएर सीधै विघटित माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेका थिए।
त्यहाँ उनलाई स्वागत गर्न श्रीमती सावित्रा ढुंगेल र छोरी विनिता ढुंगेल पनि पुगेका थिए। रिहा भएका बुवालाई भेट्न पाउँदा छोरी विनिता निकै खुशी देखिन्थिन्।