
काठमाडौं- सरकारले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट सेवा नि:शुल्क रुपमा उपलब्ध गराउने भएको छ। सूचना प्रविधिमैत्री शिक्षाका लागि ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम मार्फत नि:शुल्क इन्टरनेट उपलब्ध गराउने भएको हो।
विहीबार केन्द्रीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत सो कुराको जानकारी दिएका हुन्। यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि सबै स्थानिय तहमा प्राविधिक तथा सामुदायिक विद्यालय बनाउने भएको छ।
प्राविधिक शिक्षाको पुनसंरचना गरी तालिम तथा स्नातक पढिरहेका विद्यार्थीका लागि इन्ट्रनको व्यवस्था गरेको छ।