स्वास्थ्य सेवा कर खारेज, चुरोट तथा सूर्तिजन्य पदार्थको कर वृद्धि

+
-

काठमाडौं – लामो समयदेखि नीजि अस्पताल तथा स्वास्थ्य संस्था संचालकले ५ प्रतिशत कर खारेज सम्बन्धी राख्दै आएको माग अन्ततः सरकारले पुरा गरेको छ ।

सरकारले स्वास्थ्य सेवा दिए मार्फत स्वास्थ्य संस्थाबाट ५ प्रतिशत कर लिने गरेको थियो । तर त्यो शुल्क स्वास्थ्य संस्थाले भने बिरामीबाट उठाउँदै आएका थिए।

स्वास्थ्य सेवा कर हटेसँगै बिरामीले शुल्क तिर्ने क्रममा अव ठूलो राहत पाउने छन् । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा स्वास्थ्य सेवा कर खारेज भएको घोषणा गरेका हुन्।

चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढ्यो

सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको घोषणा गरेको छ। सरकारले मंगलबार देखिनै लागू हुने गरी चुरोटका उत्पादन र बिक्रि वितरणमा प्रति खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर लगाउने घोषणा गरेको हो ।

यता सूर्तिजन्य पदार्थमा हाल २८ प्रतिशत कर लाग्दै आएको छ। विज्ञहरुले सूर्तिजन्य पदार्थमा ७० प्रतिशत भन्दा बढी कर लगाउनु पर्ने बताउँदै आएका छन् । त्यसबारे भने सरकार मौन रह्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?