
चितवन – चितवनको भरतपुर महानगरपालिका–४ मा रहेको रंग उत्पादन गर्ने उद्योगमा आगलागी भएको छ ।
शिवघाटमा रहेको एभरेष्ट पेन्टस् उद्योगमा बुधबार बिहान ७ बजेतिरबाट आगलागी भएको हो । आगो भरतपुर, मकवानपुर र नवलपुरका दमकल, स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको सहयोगमा अहिले नियन्त्रणमा आएको छ ।
आगलागीको कारण खुलेको छैन र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीका कारण उद्योगमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।