‘श्रीमानको मृत्‍युपछि पहिरन संस्कारको अन्त्य हुनुपर्छ’

‘श्रीमानको मृत्‍युपछि पहिरन संस्कारको अन्त्य हुनुपर्छ’
+
-

पोखरा- पोखरा लेखनाथ महानगरपालिकका कार्यबाहक मेयर मञ्जु गुरुङले समाजमा विधुवा महिलालाई हेर्न दृष्टिकोण र संस्कारमा परिर्वतन गर्नु पर्ने बताएकी छिन्।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १२ ले आयोजना गरेको बिधवा महिला सम्मान कार्यक्रममा बोल्दै उनले श्रीमानको मृत्यु हुने वित्तिकै महिलाको पहिरन र पहिचान परिर्वतन हुने गलत संस्कारको अन्त्य गर्नुपर्ने बताएकी हुन्।

उनले समाजमा विधुवा महिलालाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको भन्दै मानिसको संस्कार र सोच नबदलिएसम्म कानुनले मात्रै व्‍यवहारिक परिवर्तन नहुनेमा जोड दिइन्। चेतनाको अभाव र परिवर्तनलाई आत्मसात गर्न नसक्ने संस्कार नेपाली समाजमा ब्याप्त भएको भन्दै परम्परा र रुढिबाढि सोच हावी भएको उनको भनाई थियो।

कार्यवाहक मेयर गुरुङले विधुवा शब्द प्रति असहमती नभई विधुवा महिलाप्रति समाजले गर्ने ब्यवहारले विभेद गरेको बताइन् उनले भनिन् ‘बिधुवा शब्द आफैमा नराम्रो हैन,विधुवालाई हेर्ने दृष्टिकोण र संस्कार गलत छ, त्यसलाई नराम्रो दृष्टिबाट हेरिदाँ र बुझिँदा शब्द पनि नराम्रो बन्‍न पुग्यो।

विधवालाई हेर्ने र सोच्ने ब्यवहार राम्रो भए र विधवा शब्द पनि आफैमा राम्रो हुन्छ।’महिला आर्थिक, राजनैतिक, सामाजिक तथा सांस्कृतिक रुपमा सशक्त भएर नेतृत्व विकासमा आउन सके रुढिवाढी संस्कारको विस्तारै अन्त्य हुने उनको भनाई थियो।

एकल महिला कास्की जिल्ला संरक्षक दुर्गा न्यौपानेले एक महिलाको पक्षमा आफूहरुले विगत लामो समयदेखि संघर्ष गरेका कारण राज्यले एकल महिला भत्ताको ब्यवस्था गरेको बताउदै समाजमा रहेका विकृति विरुद्ध महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १२ का अध्यक्ष रामबहादुर कार्की, समाजसेवी राधेश्याम कोइराला, भुवन प्रकाश आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष बलबहादुर कार्की, एकल महिला सीतादेवी कोइराला, इन्दिरा पन्त, वडा नम्वर १२ का वडा सदस्य विष्णुमाया विश्वकर्मा लगायतले आफ्ना भनाई राखेका थिए।

उक्त सम्मान कार्यक्रमा कार्यबाहक मेयर मञ्जु गुरुङ सहित १ सय पचास जना विधवा महिलालाई सम्मान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?