सम्झनामा क्याप्टेन कैलाश गुरुङ!

सम्झनामा क्याप्टेन कैलाश गुरुङ!
+
-

नेपाली सेनाका लागि महासेनानी ‘पाइलट’, नेपाली गीत संगीतका लागी गीतकार तथा सामाजिक सञ्जालका लागी ‘धर्ती रक्षक’ अलग अलग ठाउँमा उनको परिचय छ।

नेपाली सेनाका महासेनानी तथा पाइलट कैलाश गुरुङ।

क्याप्टेन कैलाश गुरुङको योगदान नेपाली सेनाका लागि मात्र छैन, नेपाली गीत संगीत क्षेत्रमा पनि छ। उनि जति राम्रो हेलिकप्टर र जहाज उडाउँथे, त्यति नै राम्रो गीत र कविता लेख्थे।

मृत्यु अनिवार्य तर पीडादायी भोगाइ हो,
स्वयंलाई थाहा नहुने अचम्मको घटना हो,
मरेका छैनौ हजारौ मुटुमा बसेका छौ,
कैयौँ तिम्रा कीर्तिहरुले अमर रहने छौ ।
–कैलाश गुरुङ

उनको मोह खेलप्रति पनि थियो। लन टेनिसमा अब्बल गुरुङ गीत लेखन सँगसँगै त्यसमा अभिनय गर्न पनि भ्याइहाल्थे। उनले आधुनिक र धेरै राष्ट्रभक्तिका गीतहरु लेखेका छन्। केही सामाजिक सञ्जाल युट्युबमा छन्।

उनले लेखेका तर प्रकाशित नभएका गीतहरु र उनलाइ सम्झँदै ‘धर्ती रक्षक’ स्मृतिग्रन्थ बुधबार विमोचन भएको छ। यसमा गुरुङका ५४ वटा प्रकाशित नभएका गीतहरु समावेश छन् भने विभिन्न व्यत्तिले उनको योगदान सम्झिएका छन्।

भाइ कैलाशलाई सम्झँदै दाइ नरेन्द्र गुरुङ भन्छन्, ‘२०७४ जेठ १६ गते आजकै दिन मैले मेरो भाइको मृत्युको खबर सुनेँ, मैले मेरो शक्ति गुमाएँ।’ उनले मन गरुङ्गो बनाउँदै भने, ‘परिवारको मात्र नभएर राष्ट्रका लागि नै नोक्सानी भयो। दुर्भाग्य जेठ १६ गते आयो, मेरो भाइलाई लिएर गयो।


रोक्दा रोक्दै छाँगाबाट खसिगयो जिन्दगी
उड्दा उड्दै सिसा जस्तै फुटी गयो जिन्दगी।
-श्रवण मुकारुङले कैलाश गुरुङप्रति समर्पण गरेको कविता ।

वरिष्ठ गीतकार तथा प्राज्ञ श्रवण मुकारुङ कैलाशका स्कुलदेखिका साथी हुन्। उनी भन्छन्, ‘हामी कक्षा ६ देखिका साथी हौँ। हामी दुईबीच कक्षामा तेस्रो हुन प्रतिस्पर्धा हुन्थ्यो। एक बर्ष ऊ तेस्रो हुन्थ्यो, एक बर्ष म तेस्रो हुन्थेँ।’

‘सबै यही भन्छन्। तर मलाई त अहिले पनि मेरो साथी कर्नेल कैलाश गुरुङ विपद् व्यवस्थापन गर्न आकाशको कुनै भागमा उडिरहेको छ– चामल लिएर, औषधि लिएर, बिरामी लिएर जस्तो लाग्छ। जब–जब म भुइँबाट हरियो जहाज वा हेलिकप्टर माथि आकाशमा उडिरहेको देख्छु, मेरो साथी कैलाशले उडाइरहेको जस्तो लाग्छ।’ – श्रवण मुकारुङ।

उनले नेपाली सेनाको कार्गो विमान बढी उडाए। विपद् व्यवस्थापन, राहत र उद्दारमा उनी खटिए। उनले आफ्नो भोजपूरको ट्याम्के मैयुङ्ग गाउँमा हेलिकप्टरमा बोकेर गाडी पुर्‍याए जुन एकदमै जोखिमपूर्ण मानिन्थ्यो।

रक्षामन्त्री ईश्वर पोखरेल उनको मृत्युलाई पहाड ढलेको जस्तो मृत्यु भनेर तुलना गर्छन्। ‘त्यो एक प्रकारको पहाड खसेको जस्तो नै थियो जसले सवैको मन हल्लाएर गए। जनताको सेवामा र जनताका लागि मर्नेप्रति सम्मान छ,’ उनले भने। एउटा असल सेनाको रुपमा र एउटा असल अभिभावकको रुपमा मात्र होइन एक देश भक्ति र एक प्रेरणाको स्रोतका रुपमा माहासेनानी कैलाश गुरुङलाई लिनुपर्ने उनले बताए।

२०२७ साल पुस १४ गते भोजपुरको विकट ट्याम्के मैयुङ्गमा जन्मेका कैलाशको बुवा नरबहादुर गुरुङ र आमा गणेशकुमारी गुरुङसँगै बाल्यकाल गाउमा बित्यो। उनको श्रीमती सावित्री रत्न गुरुङ नेपाली सेनामा प्रमुख सेनानी छिन्। उनका दुई छोरी छन्, विभुती र काबेरी गुरुङ।

कैलाश गुरुङको स्मृतिमा आयोजित कार्यक्रमका सहभागी।

कैलाशकी श्रीमती प्रमुख सेनानी सावित्री गुरुङले भनिन्, ‘आजकै दिन विरेन्द्र सैनिक अस्पतालमा उहाको पार्थिव शरीरलाई छाडेर घर आएँ। घरमा आउदा छोरीले मम्मी अब बाबा कहिल्यै फर्किएर आउनु हुदैन है भनेर सोधेको प्रश्नको जवाफ म कहिल्यै दिन सक्दिन’ उनले आसु थामेर मन गरुङ्गो बनाउँदै दुखको बेला साथ दिने सबैलाइ धन्यबाद दिइन्।

नेपाली सेनामा कैलाश
उनले जीवनको २८ वर्ष नेपाली सेनामा बिताए। वि.स. २०४६ सालमा सहायक सेनानीबाट सेनामा प्रवेश गरेका कैलाश २०४९ सालमा सहसेनानी भए।

२०५२ सालमा उपसेनानी, २०५८ सालमा सेनानी, २०६१ सालमा कर्नेल हुदै २०६९ साल फागुनमा फुल कर्नेल भए। उनले पाइलटको कोर्स २०५४ सालमा नै सुरु गरेका थिए। उनले पाइलटको कोर्स नेपाल लगायत अमेरिका, बेलायत, भारत, पाकिस्तान, पोल्याण्ड र थाइल्याण्डमा गरे।

घटना
१६ जेठ २०७४, सुर्खेतबाट एनए–०४८ कलसाइनको नेपाली सेनाको विमान हुम्लाको सिमिकोटको लागि बिहान करिव ११ बजे तिर उड्यो। पाइलट थिए कैलाश गुरुङ र को–पाइलट सहसेनानी अनिता आले र स्टेवार्ड पुर्णबहादुर खड्का्।

विमानमा खाद्द सामग्री र कुखुराको मासु थियो। हुम्ला जानु पर्ने विमान मौसमका खराविका कारण बाजुरा जानु पर्ने भयो। करिव सवा १२ वजे तिर बाजुराको कोल्टी विमानस्थलको धावनमार्गमा विमान दुर्घटना भयो।

विमान धावनमार्गबाट ५० मिटर तल खेतमा खसेको थियो । दुर्घटनामा पाइलट कैलाश गुरुङको घटमास्थलमा नै मृत्यु भयो को–पाइलट अनिता आले र सुवेदार पूर्णबहादुर खड्का गम्भीर घाइते भए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?