अमेरिकामा सलादबाट फैलियो इ. कोली संक्रमण, पाँचजनाको मृत्यु

अमेरिकामा सलादबाट फैलियो इ. कोली संक्रमण, पाँचजनाको मृत्यु
+
-

अमेरिकामा इ. कोली महामारीका कारण पाँचजनाको मृत्यु भएको छ । अमेरिका ३५ राज्यमा १९७ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

विशेषगरी वरपरको वातावरण, खाद्यान्न तथा मानिस र जनावरको इनटेस्टाइन्समा हुने इ. कोलीको संक्रमण अमेरिकाका विभिन्न ठाउँमा फैलिएको हो । त्यहाँ विशेष गरी एक प्रकारको सागमा रहेका इ. कोलीका कारण संक्रमण फैलिएको हो ।

रायो साग जस्तै देखिने रोमेन लेटेकामा रहेको इ. कोली ब्याक्टेरियाका कारण संक्रमण फैलिएको बताइएको छ तर अहिलेसम्म संक्रमणको स्रोत स्पष्ट भएको छैन । यो साग सलादको रुपमा प्रयोग गर्ने गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्र, सिडिसीका अनुसार मे १६ यता थप २५ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण मृत्यु हुनेमा मिनेसोटाका दुई तथा अर्कान्सास, क्यालिफोर्निया र न्युयोर्कका एक एक जना छन् ।

यसअघि सन् २००६ मा अमेरिकामा फैलिएको इ. कोलीको संक्रमणका कारण २०० जना बिरामी परेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’