सुधारको बाटोमा लमही अस्पताल

सुधारको बाटोमा लमही अस्पताल
+
-

दाङ – गएको चैत १९ गते लमही नगरपालिकाले लमही अस्पतालबाट प्रदान गरिने हरेक सेवा सुविधा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिका र मुक्त कमलहरीलाई निःशुल्क सेवा सुरु भयो ।

तर, अस्पतालबाट सेवा निःशुल्क सुरु गर्दा २४ घण्टा फार्मेसी खुल्दैनथ्यो, स्वास्थ्यकर्मीहरु अस्पतालमा भेटाउन मुस्किल हुन्थ्यो । व्यवस्थापन पक्ष कमजोर भएको अवस्थामा नगरपालिकाले लोकप्रिय कार्यक्रम सुरु ग¥यो । सरकारी अस्पतालमा बिरामि भर्ना गरेर निजी क्लिनिकबाट औषधी किनेर ल्याउनु पर्ने बाध्यता थियो ।

लमही अस्पताल ब्यवस्थापन समितिले अस्पतालको व्यवस्थापन, प्रशासनिक सुधारको लागि लमही नगरपालिकाबाट सहयोग माग ग¥यो ।
लमही नगरपालिका कार्यपालिका बैठकले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई अस्पतालको व्यवस्थापकीय पक्ष सुधार गर्न जिम्मेवारी तोक्यो ।

२ महिना अघि बाट प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले अस्पताल सुधारमा योजना बद्ध रुपमा लागे ।‘अस्पतालमा सुधारको संकेत देखिएको छ । यहाँको व्यवस्थापकीय सहित सरसफाईमा सुधार गरेका छौं’प्रमुख प्रशासकिय अधिकृत डाँगीले भने ‘अस्पताल क्षेत्र अलि अस्त ब्यस्त थियो । यो अस्त ब्यस्ततालाई सहि ठाउँमा ल्याउन खोजेका हौं ।’

लमही अस्पतालले २४ सै घण्टे फार्मेसी सेवा सुचारु गरेको छ । बिहान ६ बजे देखि राति ८ बजे सम्म ल्याव सेवा प्राप्त हुने छ । एक्सरे सेवा सुचारु भएको छ । एम्बुलेन्स र शव बाहनालाई पनि मर्मत गरेर पहिलेकै अवस्थामा सञ्चालन गरिने लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले बताए । ‘प्राथमिक स्वास्थ्य केन्द्र हुदा देशभर नमुना थियो ।

अहिले अस्पताल हुदा पनि हामि नमुना अस्पतालको रुपमा चिनाउन चाहन्छौं’केसीले भने–‘अस्पतालको सेवालाई सुधार गर्दै आफ्नौ ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हामिले ध्यान दिएका छौं ।’
प्राथमिक स्वास्थ्य केन्द्र हुदा विमा कार्यक्रम लागु थियो ।

तर, अस्पताल भएपछि कार्यान्वयन गर्न सकिएको थिएन् । अब पुनः विमा कार्यक्रम सञ्चालन गर्ने अस्पताल ब्यवस्थापन समितिले निर्णय गरेको छ । सबैसँग हातेमालो गरेर अस्पतालाई नमुना बनाउने प्रतिवद्धता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष चेतराम चौधरीले बताए ।

लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन डाक्टर विमलेश गुप्ताले अस्पतालमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुदा समस्या परे पनि जनताले पाउने स्वास्थ्य सेवाको अधिकार प्रदान गर्न लागीपर्ने प्रतिवद्धता जनाए । ‘स्वास्थ्यकर्मिको अभाव छ ।

डाक्टरको रुपमा म एक्लै कार्यरत छु । विरामिको संख्या वढ्दै गएको छ’उनले भने–‘दरवन्दी अनुसारको स्वास्थ्यकर्मि थप गर्न सवैले सहयोग गर्नुपर्ने आवश्यकता देख्छु ।’

लमही अस्पताल भित्रै सर्पदशं उपचार केन्द्र बनाउन जग्गा

लमही अस्पताल ब्यवस्थापन समितिको बैठकले लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न अस्पताल क्षेत्र भित्र जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

देउखुरी उद्योग बाणिज्य संघले सर्पदंश उपचार केन्द्र स्थापनाको लागि पहल गरेको हो । यस अघि महोत्सव आयोजना गरेर चार लाख ९५ हजार रुपैयाँ संकलन भएको र सवैको सहयोग बाट सर्पदंश उपचार केन्द्र स्थापना गरिने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?