पर्यटन क्षेत्रमा लगानी गर्ने सुवर्ण अवसर : मन्त्री अधिकारी

पर्यटन क्षेत्रमा लगानी गर्ने सुवर्ण अवसर : मन्त्री अधिकारी
+
-

काठमाडौँ – काठमाडौंमा सुरुभएको हिमालय ट्राभल मार्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालमा लगानीको सुवर्ण अवसर भएको भन्दै पर्यटकीय पूर्वाधारमा लगानी गर्न आह्वान गरेका छन् ।

उनले भने, ‘नेपालमा भएका विभिन्न हिमालहरुले हाम्रो परिचय अन्तर्राष्ट्रिय जगतमा हिमालयको देश भन्ने छ । तर हामीसँग हिमाल मात्रै नभएर कयौं पर्यटकीय श्रोतहरु छन्, जसले यहाँ ठूलो पर्यटकीय सम्भावना छ। हामी लगानीकर्तालाई जस्तोसुकै सहयोग गर्न तयार छौं, तपाईँहरु योजना ल्याउनुहोस् ।’

भूकम्पपछि नेपालले पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको बताउँदै पर्यटनलाई नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदानले दिने क्षेत्रका रुपमा विकास गरिने सरकारको योजना रहेको बताए ।

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन नेपाल भ्रमण वर्ष मनाईन लागिएको भन्ने उनले भने, ‘सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने गरि काम गर्ने सरकारको सोच छ ।’

‘हामी पूर्वाधारदेखि दक्ष जनशक्ति उत्पादनमा लागेका छौं । विमानस्थलको ट्राफिक घटाउन २१ घण्टा विमानस्थल चलाएका छौं, दक्ष जनशक्ति विकास गर्न विश्वविद्यालय स्थापना गर्ने योजना बनाएका छौँ’ अधिकारीले भने, ‘पर्यटन हाम्रा लागि महत्त्वपूर्ण क्षेत्र हो र दीगो पर्यटन विकासका लागि हामी पूर्ण प्रतिबद्ध छौँ ।’

कार्यक्रममा पर्यटन मन्त्रालयका सचीव कृष्ण देवकोटाले पर्यटन उद्योगलाई विविधीकरण गर्दै विकास गर्ने सरकारको योजना रहेको बताए । साहसिक पर्यटन मात्रै नभएर अन्य क्षेत्रलाई पनि विकास गर्ने सरकारको योजना रहेको उनको भनाई थियो ।

काठमाडौंमा सुरु भएको हिमालयन ट्राभल मार्टमा ३६ देशका १ सय ६० प्रतिनिधि ५४ बायर र ६ देशका ५५ सेलरको सहभागीता रहेको छ । शनिबार र आइतबार बायर र सेलर बिच हुने दुईपक्षीय छलफलले नेपालका पर्यटकीय संरचनाको प्रवद्र्धन हुने आयोजक विश्वास छ।

कार्यक्रममा सहभागी भएका अन्तर्राष्ट्रिय ट्राभल बलगरको लेखबाट नेपालका पर्यटकीय पुर्वाधार प्रवद्र्धन हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले विश्वास व्यक्त गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?