
काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्ड भएको शुक्रबार १७ वर्ष पूरा भएको छ।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास हुने गरी दरबार हत्याकाण्ड भएको थियो।
त्यस राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जना मारिएका थिए। दरबार हत्याकाण्डको सम्झनामा शुक्रबार बेलुका नारायणहिटी दरबार अगाडि दीप प्रज्ज्वलन गरिएको छ। विभिन्न संघसस्थाको आयोजनामा गरिएको त्यस दिप प्रज्ज्वलन कार्यकममा पूरानो राष्ट्रीय गीत ‘श्रीमान गम्भीर’ पनि गाइएको थियो।