
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ ।
आइतबार काठमाडौँ महानगरपलिका, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा वीर अस्पतालका उपकुलपति डा. गणेश गुरुङले कार्यक्रममा उपस्थित वृद्धवृदालाई स्वास्थ्य परीक्षण गरी औपचारिक स्वास्थ्य परीक्षण उद्घाटन गरिएकोे थियो ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले वृद्धावृद्धा सम्मान गर्नु सामाजिक दायित्व रहेको र सम्मान, सद्भावका लागि सबैजनाले जिम्मेबारी बोध गर्नु पर्ने बताए ।
उक्त कार्यक्रममा ७ जना वृद्धवृद्धाको उपस्थिति रहेको थियो । सम्मान स्वरुप फलफूल तथा एक जनालाई १२ हजारको दरले चेक वितरण गरिएको थियो ।
शहरी स्वास्थ्य विभागका प्रमुख हरिकृष्ण श्रेष्ठकाले आइतबारबाटै बडा नं ११ बाट स्वास्थ्य परीक्षण सुरु गरिने जनकारी दिएका छन् ।