सिजन गुरुङको रिहाइ माग्दै प्रदेशसभा बैठक अवरुद्ध

+
-

सुनसरी- सुनसरी जिल्ला तरुण दलका सभापति सिजन गुरुङको अविलम्ब निःशर्त रिहाइको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध भएको छ।

विराटनगरमा आइतबार बैठक सुरु हुन लाग्दा नेपाली कांग्रेसका विधायकहरुले रोष्ट्रम घेराउ गर्दै बैठक अवरुद्ध गरेका थिए। संसदीय दलका उपनेता केदार कार्कीले गुरुङलाई पुर्वाग्रही रुपमा प्रहरीले पक्राउ गरिएकोमा आपत्ति जनाए।

गुरुङको पक्षमा बचाव गर्दै दलका उपनेता कार्कीले भने, पक्राउको औचित्य स्पस्ट पार्न सभामुख प्रदीप भण्डारीसमक्ष माग गरेका हौ। कांग्रेस सांसदका भनाइमा राजनीतिक प्रतिशोधका लागि गुरुङलाई पक्राउ गरिएको हो।

करिब २० मिनेट रोष्ट्रम घेराउ गरेपछि सभामुख भण्डरीले गृहमन्त्री हिक्मत कार्की बैठकमा उपस्थित नभएको र उहा आएपछि यस विषयमा जानकारी र जवाफ दिने बताएका थिए। त्यसपछि बैठक पुनः १० मिनेट स्थगित भएपछि सुचारु भएको नेता कार्कीले जानकारी दिए।

सिजन गुरुङको रिहाइको माग गर्दै सुनसरी जिल्ला कांग्रेसले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ। गुरुङलाई सातादिन अघि तरहराको गोल्डेन चौक क्षेत्रमा रहेको १० धुर जग्गा हडप्न खोजेको आरोप रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?