डुब्लिकेट सामान बेच्न ब्रान्डेड ट्यागको तस्करी

डुब्लिकेट सामान बेच्न ब्रान्डेड ट्यागको तस्करी
+
-

काठमाडौं- ब्रान्डेड कम्पनीका ट्याग लागेका सामानको मूल्यांकनमा कडाइ भएपछि डुप्लिकेट सामान बेच्ने व्यवसायीले नयाँ जुक्ति निकालेका छन्। भन्सार कार्यालयले ब्रान्डेड कम्पनीको ट्याग लागेका सामानको मूल्यांकन कम्पनीको वेवसाइटमा राखेको मूल्य हेर्दै गर्न थालेपछि डुप्लिकेट सामानको आयात प्रभावित भएको थियो।

भन्सारको कडाइपछि रसुवा भन्सारमा ब्रान्डेड कम्पनीको ट्याग लागेका डुप्लिकेट सामान थन्किएका छन्। बजारमा बिक्री गर्ने होलसेल मुल्य भन्दा बढी रकम भन्सार मात्रै तिर्नु पर्ने अवस्था आएपछि भन्सारमै सामान छोड्न बाध्य भएको व्यवसायीको भनाइ छ।

भन्सारको कडाइपछि खरिद मुल्य भन्दा धेरै राजस्व निर्धारण हुन थालेको भन्दै व्यवसायीले सरकारलाई भन्सार मुल्याकंनको विधिमा पुनर्विचार गर्न आग्रह गर्दै आएका थिए।तर सरकार आफ्नो निर्णयमा टसमस नभएपछि व्यवसायीले ठगी गर्ने नयाँ जुक्ति निकालेका हुन्।

रसुवा भन्सार कार्यालयले १ लाख भन्दा बढि बिभिन्न ब्रान्डेड कम्पनीका ट्याग जफत गरेपछि व्यवसायीको ठगीको जुक्ति खुलेको हो। व्यवसायीले चिनबाट ल्याउन लागेका ट्यागमा मेड इन जोर्डन लेखिएको छ।

रसुवा भन्सार कार्यालय प्रमुख गोपाल कोइरालाले गत साता १ लाख गोटा भन्दा बढी ब्रान्डेड कम्पनीका ट्याग जफत गरिएको जानकारी दिए। कोइरालाले भने, ‘विगतमा हरेक प्याकेट खोलेर हेर्ने गरिएको थिएन, स्याम्पल हेर्ने गरेका थियौं तर भन्सार नीतिमा भएको परिवर्तन अनुसार भन्सार क्लियर गर्नु अगाडि सम्पुर्ण सामानहरु हेर्ने गरेका छौँ त्यस बखत ब्रान्डेड कम्पनीका ट्याग भेटेकाले जफत गरिएको हो।’

अर्थमन्त्री भए लगत्तै युवराज खतिवडाले सरकार दरबारमार्गमा छापा मार्नु भन्दा मुहान सफा गर्नेतर्फ लाग्ने बताएका थिए। दरबारमार्गमा एक/दुई सयको सामान २५ सय ३ हजारमा बेचेको भन्दै सरकारले पसलमा सिल लगाएको थियो।

फागुन दोस्रो साता अर्थमन्त्री बनेका खतिवडाले सन्दर्भ मुल्य सुचीका आधारमा राजस्व संकलन गर्ने निर्देशन दिएका थिए। खतिवडाको निर्देशन लगत्तै भन्सार कार्यालयले ब्राण्डेड कम्पनीको ट्याग लागेका सामानको मुल्याकंनमा पनि कडाइ गरेको थियो।

सरकारको कडाइ पछि डुप्लिकेट सामानमा आयात गर्न नपाएका व्यवसायीले कम्पनीका ट्याग ल्याउने विक्लप खोजेका हुन्। तर भन्सारले अर्काको कम्पनीको ट्याग ल्याउन नपाईने भन्दै व्यवसायी ल्याउन खोजेका नाइक र एडिडास ब्राण्डका ट्याग जफत गरेको हो।

चाइनाबाट डुप्लिकेट सामान ल्याउन नपाएपछि व्यवसायीले लोगो नलागेको सामान र लोगो छुट्टा छुट्टै ल्याउन थालेका थिए। व्यवसायीले लोगो बिनाका सामान बिक्री गर्नु अगाडि ब्रान्डेड कम्पनीका लोगो टास्ने गरेको आरोप छ।

चिनबाट सामान आयात गर्दै आएका एक व्यवसायी भन्छन् नेपाली उपभोक्ता उही सामानमा ब्राण्डेड कम्पनीको लोगो छ भने बढी पैसा तिर्छन्, लोगो छैन भने डुप्लिकेट सामान भन्ने सोच्छन्।’ केही वर्षयता डुप्लिकेट सामानको आयातमा भएको वृद्धिले लोगो देख्ने वित्तिकै राम्रो सामान हो भन्ने भ्रममा नेपाली उपभोक्ता पर्न थालेको उनको भनाई छ।

भन्सार विभागमा महानिर्देशक तोयम राया भन्सार मुल्याकंन गर्दा डुप्लिकेट हुने तर दरबारमार्ग पुग्‍ने वित्तिकै ब्राण्डेड हुने अवस्था आउन नदिने बताउँछन्।नरायाले भने, ‘विगतमा के भयो थाहा छैन तर अब डुप्लिकेट सामान ल्याउन दिदैनौं। हामीले ओरिजिनल सामान ल्याउनेलाई रोकेका छैनौं तर लोगो र लोगो मात्र भएका सामान पनि ल्याउन दिदैनौं।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’