
काठमाडौँ – यो वर्ष मलमास परेको छ । यो मलमासको बेलमा पूजाआज हुँदैन । तर यहि बेला ललिपुर पाटनको गोल्डेन टेम्पलमा रहेको पौराणीक महत्वको पुस्तकको स्याहार गर्ने काम हुन्छ ।
हरेक पटकको मलमासको महिना जस्तै यसपटकको मलमासमा पनि स्थानीय गुठीका सदस्यहरु भगवान गौतम बुद्धको ज्ञानका कुरा समेटिएको ९ सय वर्ष पुरानो पुस्तक अस्त साहसिका प्रज्ञा प्रमिताको स्याहारमा समय बिताउँछन् ।
सुनका अक्षर रहेको यो पुस्तकका खुइलिएका अक्षरहरु फेरि सुनको लेप लगाएर फेरि चम्किला बनाउने काम भइरहेको छ । मलमासको महिनाभरमा पुस्तकका अक्षरहरु सुनको लेप लगाएर चम्क्याउने काम सकिने छ ।