
काठमाडौँ- ट्याङ्कर ड्राइभरले आइतबार गरेको हड्तालको असर सोमबार काठमाडौँमा देखिएको छ । पेट्रोल अभावमा सोमबार राजधानीका धेरै पेट्रोल पम्प बन्द भएका छन् ।
खुलेका केही पम्पमा समेत लामो लाइन लागेको छ । भारतीय पक्षले दुर्व्यवहार गरेको भन्दै ट्याङ्कर ड्राइभरले आइतबारबार पेट्रोलियम पदार्थ आयात रोकेका थिए ।
जसको असर सोमबार काठमाडौँमा देखिएको हो । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले ट्याङ्कर ड्राइभरहरु सोमबार बिहानैदेखि काममा फर्किएकाले बेलुकासम्म सहज जानकारी दिए ।
तस्बिरहरु- बर्षा शाह/देश सञ्चार