उपचार खर्च तिर्न नसक्दा बिरामी अस्पतालमै बन्धक

उपचार खर्च तिर्न नसक्दा बिरामी अस्पतालमै बन्धक
+
-

विराटनगर-विराटनगरको एक अस्पतालमा भर्ना भएका बिरामीले उपचार खर्च तिर्न नसक्दा गएको २ महिनादेखि अस्पताल परिषरमै बन्धक जीवन विताइरहेका छन्।

ताप्लेजुङ मैवाखोला गाउँ पालिका निवासी कुलबहादुर लिम्बू उपचार लागि गोल्डेन अस्पताल गत फागुन २७ गते भर्ना भएका थिए। गाउँमा रुखबाट लडेर घाइते भएका ५४ वर्षिय लिम्बूलाई भर्ना गरिएको थियो। राम्रो र स्तरीय उपचारको आशामा विराटनगर आएको लिम्बू परिवारले खर्च तिर्न नसक्दा बिरामी कुलबहादुर आफै अस्पतालमै बन्धक भएका छन्।

टाउकोमा चोट लागेका बिरामीको अस्पतालले सफल उपचार गरेपनि परिवारले उनलाई घर लैजान पाइरहेको छैन। लिम्बू परिवारले उपचारका क्रममा लागेको ४ लाख ६० रुपैया खर्च अस्पताललाई तिर्नुपर्ने थियो ।जसमध्ये २ लाख १० हजार रुपैयाँ अस्पताललाई बिरामी पक्षले तिरिसकेको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए।

बिरामीको परिवारले १ लाख १० हजार रुपैयाँ र नेपाल सरकारले हेड तथा स्पाइनल इन्जुरीको लागि उपलब्ध गराउने सहुलियत रकम १ लाख रुपैयाँ गरी २ लाख १० हजार रुपैया अस्पताललाई बुझाएको विरामीका छोरा सुरेन लिम्बूले जानकारी दिए।

उनले भने, “भर्ना गरिएको राति करिब साढे एघार बजेनै टाउकोको शल्यक्रिया गरिनु पर्ने हुँदा आफूहरुले १ लाख १० हजार रुपैयाँ तिरेको थियौं।”  शल्यक्रियापछि एक साता बिरामीलाई आइसियूमा राखिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार आउँदै गएपछि अस्पतालले कूलबहादुरलाई त्यसको एकसातापछि जनरल वार्डमा सारेको थियो । त्यसको एक सातापछि नै उपचार ठिक भएको भन्दै अस्पतालले घर जान सल्लाह दिएर डिस्चार्ज गरिदिएको छोरा सुरेनले बताए।

तर रकम अभाव हुँदा उनीहरुलाई अस्पतालले बन्धक बनाएर राखेको हो। सुरेनले पैसा नतिरेसम्म घर जान नपाउने भन्दै दुई महिना भन्दा बढी समयदेखि बुवालाई अस्पताल बाहिर पनि निस्कन नदिइकन बन्धक बनाइएको गुनासो गरे। अझैपनि विरामी पक्षले २ लाख ५० हजार रुपैयाँ बक्यौता रहेको अस्पताल पक्षको दाबी छ।

घटनाका विषयमा समाजिक मन्त्री जीवन घिमिरेले उपचार खर्च नतिरेको बहानामा बिरामीलाई लामो समयदेखि बन्धक बनाएर राख्ने अस्पतालमाथि छानविन गरेर कारवाही अघि बढाइने बताए।

अस्पतालका प्रशासन प्रमुख गोविन्द लुइँटेलले भने अस्पतालले बिरामीको उपचार निःशुल्क गर्न नसक्ने र उपचार खर्च तिर्न नसक्दा घर जान स्विकारेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?