प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ सिफारिश

प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ सिफारिश
+
-

पोखरा – प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ ।

बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले सरोकार भएका दल, नागरिक समाज, उद्योग व्यवसायीलगायतसँग छलफल गरेको बताए ।

छलफलका क्रममा ११ वटै जिल्लामा सुझाव संकलनका लागि पाँच वटा टोली परिचालन गरिएको थियो । छलफलमा प्रदेशको राजधानी पोखरा रहनुपर्छ भन्ने पक्षमा ७०५ (९३.८७ प्रतिशत), गोरखा हुनुपर्छ भन्ने पक्षमा ३० (३.९९ प्रतिशत) र अन्यका पक्षमा १६ (२.१३प्रतिशत) देखिएको थियो । जिल्लागत रुपमा ११ वटै जिल्लाको मत राजधानी पोखरा हुनुपर्छ भन्ने रहेको थापाले जानकारी दिए । उनका अनुसार प्रदेशको नामकरण सम्बन्धमा तमुवानका पक्षमा ३४६ (४५.४० प्रतिशत) मगरातका पक्षमा २६० (३४.१२ प्रतिशत), गोरखाका पक्षमा ७२ (९.४५ प्रतिशत) र धवलागिरिका पक्षमा २२ (२.८९ प्रतिशत) मत परेको थियो ।

दलगत रुपमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा प्रदेशको राजधानी पोखरा र नाम गण्डकी हुनुपर्ने पक्षमा रहेको उनले जानकारी दिए । नयाँ शक्ति पार्टीले प्रदेशको राजधानी पोखरा हुनुपर्ने र प्राथमिकताका आधारमा प्रदेशको नाम क्रमशः गण्डकी तमुवान, गण्डकी र अन्नपूर्ण रहनुपर्ने मत राखेको उनको भनाई छ ।

आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकलाई विधायन समितिमा पठाइयोस् भनी गरेको प्रस्ताव तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विधायन समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई सर्वसम्मत पारित भयो ।

बैठकमा आर्थिक मामिलामन्त्री गुरुङले प्रदेश आर्थिक कार्यविधि९पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मत पारित गरेको छ । सभामा भूमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर थापाले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गरे । अर्को बैठक यही जेठ २५ गते अपराह्न ४ बजे बस्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?