
आइफोन निर्माता कम्पनी एप्पलले सामाजिक सञ्जाल फेसबुकको वेब–ट्रयाकिङ्ग टुल्सलाई जाम रोक्ने वाम जाम गर्ने तयारी गरेको छ ।
फेसबुकले अहिले प्रयोगकर्ताले चलाएका अरु वेब साइटबार जानकारी लिनका लागि अटोमेटिक टुल्सको प्रयोग गर्दै आएको छ ।
तर एप्पलले अब त्यसलाई रोक्ने तयारी गरेको छ । एप्पलले आइओएस तथा म्याक अपरेटिङ्ग सिस्टमको नयाँ संस्करणमा फेसबुकको वेब ट्रयाक गर्न नदिने तयारी गरेको छ ।
‘हामी त्यसलाई बन्द गर्ने तयारी छौँ’, एप्पलका सफ्टवेयर प्रमुख क्रेइग फेडेरिघीले भने । उनले एप्पलका डेभलपर्सहरुको कन्फ्रेन्समा यस्तो बताएका हुन् ।
एप्पलले प्रयोग गर्दै आएको वेब ब्राउजर सफारीले प्रयोगकर्तासँग सामाजिक सञ्जाललाई आफ्नो गतिविधि निगरानी गर्न दिने वा नदिने भनेर सोध्ने उनले जानकारी दिए ।
एप्पलको यो गतिविधिले फेसबुक र एप्पलबिचको सम्बन्धमा टकराव आउने सम्भावना छ । यसअघि एप्पलका प्रमुख कार्यकारी टिक कुकले फेसबुकले गोपनियतामाथि आक्रमण गर्ने गतिविधि गरेको भन्दै आलोचना गरेका थिए ।
फेसबुकले प्रयोगकर्तालाई जानकारी नै नहुने गरी निगरानी गर्ने गरेको र त्यसलाई रोक्ने प्रयासमा आफूहरु रहेको एप्पलका सफ्टवेयर प्रमुख क्रेइग फेडेरिघीले बताएका हुन् ।