
काठमाडौँ – काठमाडौँ उपत्यकामा जता गए पनि बाटो बन्दै गरेको देखिन्छ । बनेको त राम्रो हो तर त्यसले यात्रुलाई हुने सास्तीको विकल्प भने अहिलेसम्म दिइएको छैन ।
निर्माणाधीन बाटोहरु पानी परे हिलाम्मे, घामलागे धुलाम्मे हुन्छन् । यसले सर्वसाधारणलाई यात्राका लागि सास्ती हुने मात्रै होइन स्वास्थ्यमा पनि गम्भीर असर परेको छ ।
यहि सन्दर्भमा विश्व वातावरण दिवसको अवसर पारेर युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले ललितपुरको सडक विभाग अगाडि विभिन्न प्लेकार्डसहित प्रदर्श गरेका हुन् ।
उनीहरुले ‘अक्सिजनका लागि प्रोटेस्ट रे, लाजै मर्दो नि, डाइङ्ग इन धुलोमाण्डु, स्वच्छ हावा हाम्रो अधिकार, राइट टू ब्रेथसहितका विभिन्न कुरा लेखिएका प्लेकार्ड बोकेका थिए ।