मन्त्रीमण्डल र कर्मचारीको कार्यशैली मिलिरहेको छैन- मुख्‍यमन्त्री राई

मन्त्रीमण्डल र कर्मचारीको कार्यशैली मिलिरहेको छैन- मुख्‍यमन्त्री राई
+
-

मोरङ- आफ्नै मन्त्रीमण्डल र कर्मचारीसँग कामको तारतम्य मिल्न नसकेको भन्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले असन्तुष्टि व्‍यक्त गरेका छन्।

मुख्यमन्त्री कार्यालयमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै राईले भने, ‘आफूसँग प्रदेशका अन्यमन्त्री र कर्मचारीको कार्य गर्ने शैली मिलिरहेको छैन।’

उनले स्पस्ट पार्दै भने, ‘माथि केन्द्रमा पनि ९९ प्रतिशत कर्मचारीहरुमा प्रदेश सरकारलाई अधिकार सम्पन्‍न गराउन हुन्‍न भन्दै मन्त्रीहरुलाई उचालिरहेको अवस्था छ।

प्रदेशको विकास र सम्बृद्धिलाई प्राथमिकतामा राखेको बताएका मुख्यमन्त्री राईले क्याविनेट र कर्मचारीतन्त्रका कारण सोचे जस्तो कार्य गर्न नसकेको गुनासो गरे।

त्यसैगरि, उनले बजेटका सन्दर्भमा आफूले प्रदेशमा कनिका छरेजस्तो बजेट नल्याउने बताए। उनले स्थानीय तहमा बजेट विनियोजन गर्दा एक पालिका एक योजना र एक निर्वाचन क्षेत्र एक योजना निर्माण गरी ठोस काम हुने गरी बजेट खर्च गरिने बताए।

प्रदेशको विकास निर्माणको योजना बताउने क्रममा उनले भने, प्रदेशका ५६ वटा निर्वाचन क्षेत्रमा पाँच वर्ष भित्रमा ५६ वटा कालोपत्रे सडक तयार हुनेछ।
त्यसैगरि ५० देखि १ सय मेगावाट क्षमताका हाइड्रोपावरको आयोजना निर्माण गरी १ हजार मेगावाट विद्युत् उत्पादन प्रदेश सरकारले नै गर्ने लक्ष्य लिएको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?