बढ्यो गोनोरियासहितका यौनजन्य रोगको संक्रमण

बढ्यो गोनोरियासहितका यौनजन्य रोगको संक्रमण
+
-

इंग्ल्याण्डमा सिफलिस र गोनोरियाको संक्रमण बढ्दै गएको देखिएको छ । यौनजन्य रोग गोनोरिया र सिफलिसको संक्रमण गएको वर्ष त्यो भन्दा अघिल्लो वर्षको तुलनामा बढेको देखिएको हो ।

नयाँ तथ्यांक अनुसार सन् २०१७ मा त्यो भन्दा अघिल्लो वर्षको तुलनामा गोनोरियाको संक्रमण २२ तथा सिफलिसको संक्रमण २० प्रतिशतले बढेको छ । तर इंग्ल्याण्डमा यौनजन्य रोगको उपचार भने प्रभावकारी नै रहेको देखिएको छ ।

तर क्लामाइडियाको परीक्षण भने घटेको छ र यसप्रति स्वास्थ्य विज्ञले चिन्ता जनाएका छन् । पब्लिक हेल्थ इंग्ल्याण्डले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार यौनजन्य रोगको संक्रमण हुनेमा बढी १५ देखि २४ वर्ष उमेर समूहका रहेका छन् ।

यस्तै समलिङ्गी, बाइसेक्सुअल तथा अरु पुरुषहरु बढी जोखिममा रहेका छन् । सन् २०१७ मा सिफलिसका ७ हजार भन्दा बढी र गोनोरियाका ४६ हजार भन्दा बढी संक्रमण दर्ता भएका छन् ।

अहिले देखिएको गोनोरियाका कारण सुपर गोनोरिया (जुन उपचार गर्न निकै कठिन हुन्छ) जोखिम उच्च रहेको भन्दै स्वास्थ्य विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

इंग्ल्याण्डमा सन् २०१७ मा झण्डै ४ लाख २० हजारजनाले यौनजन्य रोगको उपचार गराएको प्रतिवेदनमा उल्लेख छ । कण्डमको प्रयोग गर्ने क्रम घटेकाले पनि संक्रमण फैलिएको विज्ञले बताएका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’