
मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीको समाचार संकलनमा अवरोध भन्दै मोरङका सञ्चाकर्मीले प्रदेश नम्बर १ को संसद भवन बाहिर विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार प्रदेश नम्बर १ संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिएको जनाउँदै सञ्चारकर्मीले विरोध गरेका हुन् ।
प्रधानमन्त्रीको समाचार संकलनलागि पाचजनाको नाम मात्र आएपछि सञ्चारकर्मीले विरोध जनाएका हुन् । उनीहरुले प्रधानमन्त्रीको समाचार आफूहरुले संकलन गर्न पाउनुपर्ने माग गरेका छन् । संसद भवनमा प्रधानमन्त्रीले १२ बजे सम्बोधन गर्ने तयारी छ ।