जनताले प्रत्यक्ष अनुभुति गर्ने काम गर्न प्रदेश–१ का सांसदलाई प्रधानमन्त्रीको सुझाव

जनताले प्रत्यक्ष अनुभुति गर्ने काम गर्न प्रदेश–१ का सांसदलाई प्रधानमन्त्रीको सुझाव
+
-

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा जनतासामू सुशासन प्रत्याभूति जनाउन आग्रह गरेका छन् । शनिबार प्रदेश नम्बर एकको संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘मुलुकमा अझै पनि ६० देखि ८० लाख नागरिक गरिबीको रेखामूनि रहेका छन् ।

उनीहरुको स्तर उकास्नतर्फ सबै एक हुनु आवश्यक छ ।’ उनले मुलुकमा परिवर्तन आयो भनेर भन्नु भन्दा पनि प्रत्यक्ष रुपमा जनतालाई अनुभूति हुने वातावरण निर्माण गर्न सांसदहरुलाई सुझाव दिए ।

सुशासनका लागि सरकार

आफूहरु जनताको अभिलाषा, अपेक्षा पूरा गर्न उपस्थित भएको बताउँदै प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै भने, ‘तपाई हामी सबै जनताको हितमा कार्य गर्न र जनताको अभिलाषा पूरा गर्ने अभिभाराका लागि उपस्थित भएका छाैँ ।’

विशेष ऐतिहासिक मोडमा आफूहरु रहेको बताउँदै उनले देशको विकास, सुशासन र जनताको भलाई कसरी हुन्छ भनेर नै संघीय लोकतान्त्रिक प्रणालीमा समाहित भएको बताए ।

सरकार यतिबेला संविधानले ब्यवस्था गरेको हक अधिकार, समाजिक न्याय, तथा आर्थिक सम्बृद्धिका लागि जुटेको प्रधानन्त्री ओलीले बताए । मुलुकलाई विकास गर्न, बलियो बनाउन जनविरोधी नभएर जनपक्षीय शासन प्रणाली आवश्यक रहेको ओलीको भनाई छ ।

अधिनायकवाद कि लोकतन्त्र

यहा“ अधिनायकवाद र तानाशाही तर्फ सरकार अघि बढेको भन्ने सन्र्दभलाई चिर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसको जवाफ जनताले दिनेछन्। सरकारको ब्यवहारबाट नेपाली जनताले देखि सकेकाछन्, कि मुलुकमा अधिनायकवादतर्फ जादैछ कि लोकतन्त्रतर्फ ।’

मुलुकलाई सम्बृद्ध तथा विकासित बनाउनुछ, यो चुनौतिसामू सबैले एक भएर काम गर्नुको विकल्प नभएको उनले सम्बोधनका क्रममा बताए ।

सरकार भनेको शासन गर्नका लागि मात्र होइन, सरकार जनतालाई सेवा दिन, विकास योजना बनाउन, नीति कार्यक्रमलाई सफल अवतरण गराउनका लागि हो । यसको प्रत्यक्ष अनुभूति नेपाली जनताले गर्न पाउनुपर्छ ।

द्वन्द व्यवस्थापन र आतंक

सरकार राजनीतिक दलहरुको समझदारीअनुसार चलिरहेको प्रधानमन्त्री ओलीले स्पस्ट पारेका छन् । उनले हाल मुलुकमा द्वन्द्व व्यवस्थापन भइसकेको र अझै पनि केही तत्व जनतालाई त्रासमा पार्दै चन्दा आतंक गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा द्वन्द्व सकिसकेको छ । तर पनि यहाँ कोही चन्दा उठाउनका लागि सशस्त्र भन्दै हिड्ने, कोही क्रान्तिका नाममा त्रास फैलाउनेतर्फ उन्मुख भएका छन् ।’

मुलुक अब सम्बृद्धिको बाटोतर्फ हिँडिसकेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, अब पनि हतियारको रोजाइलाई सिदान्त बनाएर अघि बढनु मुनासिव हुँदैन । क्रान्तिका नाममा आतंक फैलाउनेलाई शान्तिसंग खेलवाड गर्ने अधिकार छैन ।

अब पनि हिंसाको कुरा गर्नु उचित नभएको बताउदै उनले भने, ‘हामी शान्तिको पक्षमा छौं । त्यसविपरीत कसैलाई पनि नलाग्न आग्रह छ । नत्र सरकारले कानूनी कार्वाही गर्न कन्जुस्याई गर्नेछैन ।’

अधिकार बाँडफाड

हामी शून्यबाट अघि बढिरहेका छौं । यहाँ केन्द्र र प्रदेश सरकार, प्रदेश सरकार र स्थानीय सरकार, नगर र गाउँ तथा वडाबीच देखिएको समस्या सुल्झाउन सरकारले कार्य गरिरहेको उनले बताए ।

संविधानका अनुसूचिहरुले मात्र अधिकार र कर्तब्यको बाडफाड गरेको छ । यद्यपी अझै पनि धेरै कुराको मिलान गर्न बाकी नै रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफुहरुसँग पुरानो अनुभव नभएको बताउँदै भने, ‘हामी सच्चिदै जानेछौं । देशको आवश्यता अनुसार संविधान समेत संशोधन हुन सक्छ । त्यसैले देखिएका जटिलता र समस्या समाधान गर्न तयार छौं ।’

सन्धि र सम्बन्ध

इतिहासमा कसैको उपनिवेश नभएको हाम्रो मुलुकले नया प्रणालीसंगै अन्य देशहरुसँगको सम्बन्धलाई पनि विस्तारै बढाउदै अघि बढ्ने प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘हिजोको दिन मित्रराष्ट्रँंग उच्चस्वर बनाउन हुन्न भन्ने मानसिकताबाट हामीमाथि उठिसक्याछांै । हाम्रो हैसियत पनि अन्य राष्ट्र बराबरको रहेको छ । त्यसैलेपनि पटक पटक भारतसंगको सन् १९५० को सन्धीका विषयमा पनि हामी काम गरिरहेका छौं ।’

सन्धिका विषयमा स्पस्ट पादै उनले भने, ‘भारतसँगको सन्धीको विषयमा विज्ञहरुको समूहले कार्य गरिहेको छ । अब लगभग यही महिना वा जुलाई भित्रमा केही अध्यावधिक हुनेछ । जसबाट राम्रो नतिजा आउने सरकारले अपेक्षा गरेको छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?