पार्टी एकता आजको आवश्यकता : प्रचण्ड

पार्टी एकता आजको आवश्यकता : प्रचण्ड
+
-

विराटनगर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एक हुनु आजको आवश्यकता रहेको बताएका छन् ।

विराटगनर तिनपैनीस्थित तत्कालीन माओवादीको कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकता केन्द्रदेखि स्थानीयसम्मको माग बमोजिम नै भएको बताएका हुन् ।

नेपालमा रहेका कम्युनिष्टहरुको चाहना बमोजिम र सरकारलाई स्थायित्व दिनका लागि पार्टी एकता अपरिहार्य रहेको उनले स्पस्ट पारे ।

मुलुकको आर्थिक विकासका लागि आफूहरुले एकतामा जोड दिएको बताएका अध्यक्ष प्रचण्डले सबै पक्षको मनोविज्ञान बमोजिम नै अघि बढेको बताएका छन् । पार्टी एकीकरण भएपछि सबैतर्फ व्यवस्थित रुपमा जोडिने उनले बताएका छन् ।

उनले भने, ‘मुलुकमा धेरै पार्टी हुनु भन्दा कम पार्टीको उपस्थितिमा समुन्नत उन्नति हुनेछ ।’ देश विकासका लागि पार्टी एकताको महत्वपूर्ण भूमिका रहने बताएका अध्यक्ष दाहालले केही समयअघि काठमाडौंमा विभिन्न मुलुकबाट आएका कम्युनिष्ट नेता पदाधिकारीले समेत एकताले सकारात्मक सन्देश दिएको बताएको उल्लेख गरे ।

माथिल्लो तहमा भएको एकीकरणसँगै अब स्थानीय तहमा पनि गठित कार्यदलले आप्mनो एकीकरणको कार्य अघि बढाउने उनले बताए । उनले भने, ‘योजनाबद्ध ढंगबाट पार्टी एकता गर्ने कुरा रहन्छ । जसका लागि प्रदेशस्तरीय कार्यदल समेत बनेको छ ।’

आइतबार बिहान विराटनगर आइपुगेका अध्यक्ष दाहाल आइतबार नै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?