प्रदेश एकको नीति तथा कार्यक्रम प्रस्तुत

गरिबी ,प्राविधिक शिक्षा, कृषि उद्योग स्थापनालाई पहिलो प्राथमिकता

गरिबी ,प्राविधिक शिक्षा, कृषि उद्योग स्थापनालाई पहिलो प्राथमिकता
+
-

मोरङ- प्रदेश नम्बर एक सरकारले नीति तथा योजना कार्यक्रम संसदमा पेश गरेको छ। अल्पकालीन र दीर्घकालीन योजनासहितको नीति तथा कार्यक्रम प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले संसदमा जानकारी दिए।

१७ पृष्ठ लामो नीति तथा कार्यक्रममा प्रदेशका विभिन्‍न विषयलाई १ सय १५ बुदामा समेटिएको छ। आइतबार संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले गरिबी हटाउने, गरिब पहिचान गरी परिचयपत्र वितरण गर्ने, सोही परिचयपत्रका आधारमा रोजगारीको अवसर गर्ने जनाएको छ।

त्यसैगरी, प्राविधिक शिक्षाको व्यवस्था र कृषिमा आधारित उद्योग स्थापनालाई प्राथमिकता दिइने उल्लेख गरिएको प्रदेश प्रमुख डा. तुम्बाहाङले बताए। उनले विकास निर्माणका क्रममा नीजि क्षेत्रलाई समेतसँगै लिएर अघि बढ्ने बताए।

त्यस्तै विद्युत आपूर्तिको ठूलो सम्भावना रहेको यस प्रदेशले आउदो ५ वर्षभित्रमा ४ हजार ५ सय मेघावाटको विद्युत आफैले उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको छ।

विद्युतसँगै पर्यटनको प्रचुर स‌ंम्भावना रहेको यस प्रदेशमा सरकारले केबलकार तथा जल यातायातलाई पनि प्राथमिकतामा राखेको छ। यस्तै पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्नेपनि जनाएको छ।

आगामी ५ वर्षमा यसप्रदेशमा ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको सरकारले सन् २०१९ लाई पर्यटन महोत्सव वर्ष र २०२० देखि २०२२ सम्मलाई पर्यटन वर्ष घोषणा गरिने जनाएको छ। खेलकुद क्षेत्रमा समेत विषेश ध्यान दिएको सरकारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउपालिकामा खेलमैदान तथा रंगशाला निर्माणका लागि स्थानीय सरकारसंग समन्वय गरिने उल्लेख गरेको छ।

यस्तै प्रदेशमा ज्येष्ठ नागरिकको सुरक्षाका लागि प्रत्येक वडामा जेष्ठ नागरिक सहायता केन्द्र तथा पालिकास्तरीय वृद्धाश्रम पनि निर्माण गरिने उल्लेख छ।
समग्रमा नीति तथा कार्यक्रम सकारात्मक र राम्रो पक्षसहित आएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर एकका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए।

वरिष्ठ उपाध्यक्ष राउतले भने,“जलश्रोतको स्तरोन्नती तथा ढिलाई भएका निर्माण कार्य शीघ्र सम्पन्न गर्ने कुरा राम्रो रहेको छ।” त्यसैगरी, पूर्वाधार विकास, धार्मिक पर्यटन क्षेत्र, जल यातायात, केबल कारमा लगानी जस्ता विषयपनि उचित भएको उनले प्रतिक्रिया दिए।

अर्कोतर्फ प्रतिपक्षी दल कांग्रेसका उपनेता केदार कार्कीले सरकारले सपना बाड्ने कार्य गरेको आरोप लगाए।सरकारले मानिसलाई झुक्काएर एकीकृत गराउने कार्य गरेको उनले बताए। यो कार्यक्रमले जनताले तुरुन्त खोजे जस्तो नतिजा तत्काल दिन नसक्ने कार्कीको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?